arrow

युरोपको ग्याँस आपूर्ति रोक्ने रुसको धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
europe-russia-gas.jpg

काठमाडौं । रुसले युरोपलाई ग्याँस आपूर्तिमा रोक लगाइदिने धम्की दिएको छ । युरोपले प्रयोग गर्ने करिब ४० प्रतिशत ग्याँस र करिब ३० प्रतिशत तेल रुसबाट नै आउने गर्छ ।

यसबीच पश्चिमा साझेदारहरूले ऊर्जा आयातमा प्रतिबन्ध लगाएर रुसविरुद्ध आर्थिक युद्ध चर्काए भने तेलको मूल्य प्रति ब्यारेल ३०० डलर पुग्न सक्ने चेतावनीसमेत रुसी अधिकारीहरुले दिएका छन् ।

युरोपेली नेताहरूले रुसी ग्यास र तेलको आयतमा रोक लगाउनेबारे छलफल गर्न बिहीबार फ्रान्सको भर्साइलमा भेट्ने तयारी गरेका छन् । यसबीच रुसले यस किसिमको कुनै पनि कदम विश्वव्यापी बजारका लागि विनाशकारी हुनसक्ने चेतावनी दिएको छ ।

'रूसी तेलको अस्वीकारले विश्वव्यापी बजारको लागि विनाशकारी नतिजा निम्त्याउनेछ,' रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले भनेका छन्, मूल्य दोब्बर भन्दा बढि प्रति ब्यारेल ३ सय डलर भन्दा बढी हुन सक्छ।

जमर्नीले रुसबाट जर्मनीमा ग्यास पुर्‍याउने पाइपलाइन नर्ड स्ट्रिम २ को प्रमाणीकरण रोकेको कुरालाई उदृत गर्दै उनले युरोपमा प्राकृतिक ग्यासको मुख्य स्रोत मध्येको एक रहेको नर्ड स्ट्रिम १ पाइपलाइनसमेत काट्न सक्ने धम्की दिएका छन् ।

'हामीसँग (युराेपेली कदमसँग) मिल्दो निर्णय लिने र नर्ड स्ट्रिम १ ग्यास पाइपलाइनबाट ग्याँस पम्प गर्न प्रतिबन्ध लगाउने अधिकार छ,' नोभाकले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ