arrow

युक्रेनी सेनाद्वारा रुसका मेजर जनरल मारिए, पुटिनलाई झड्का

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
Vitaly-Gerasimov.jpg

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेपछि जारी युद्धमा रुसी सेनाका मेजर जनरल मारिएको युक्रेनले दाबी गरेको छ ।

खार्किभ क्षेत्रको लडाइँमा रुसी सेनाका एक मेजर जनरल भिटाली गेरासिमोभ मारिएको युक्रेनी सेना एवं गुप्तचरले दावी गरेको हो ।

यस विषयमा रुसले भने कुनै प्रतिक्रिया दिएको छैन ।  युक्रेनी रक्षा मन्त्रालयको खुफिया शाखाले ४१ औँ सेनाका प्रमुख मेजर जनरल भिटाली गेरासिमोभलाई पूर्वी युक्रेनी सहर खार्किभ बाहिर अन्य वरिष्ठ अधिकारीहरूसँग मारिएको बताएको छ।

खोज पत्रकारिता एजेन्सी बेलिङक्याटले रुसी स्रोतबाट गेरासिमोभको मृत्यु भएको पुष्टि गरेको बताएको छ ।

गेरासिमोभले दोस्रो चेन युद्ध, सिरियामा रुसी सैन्य कारबाही र क्राइमियाको कब्जाका बेला भाग लिएका थिए भने, ती अभियानहरूबाट पदक जितेका थिए।

गेरासिमोभ मारिएका हुन् भने भ्लादिमिर पुटिनको युक्रेन आक्रमणका क्रममा एक हप्ता भित्र मर्ने ४१ औँ सेनाका गेरासिमोभ दोस्रो रुसी जनरल हुनेछन्। 

यसअघि मार्चको सुरुमा यसको उप कमाण्डर मेजर जनरल आन्द्रेई सुखोवेत्स्की युक्रेनी सेनाद्वारा मारिएको रुसी मिडियाले पुष्टि गरेको थियो।

युक्रेनी सेनाद्वारा दुई मेजर जनरल मारिनु रुसका लागि ठुलो क्षतिका रूपमा समेत हेरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ