arrow

जंगलमा लागेको आगोले जलेर एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
death-1618215084.jpg

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-५ मा पर्ने भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । आगो निभाउने क्रममा आज दिउँसो ३ बजे २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको हो । 

सोही आगलागीमा परी मृतक बोहराका भाइ २१ वर्षीय बोहरा घाइते भएका छन् । सोमबार रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा मनबहादुरको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रराज गुरुङले जानकारी दिए।

उनका अनुसार मृतक मनबहादुरका भाइको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली, स्थानीयवासी, युवा क्लब, लायन्स क्लब, रेडक्रसकर्मीको सहयोगमा उद्धार गरी घाइते बोहोरालाई प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा ल्याइएको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घाइतेलाई थप उपचारका लागि प्रभु हेलिकप्टरमार्फत पोखरा लगिएको छ । उनको पोखरास्थित बी एण्ड बी इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ