arrow

रुसको आक्रामक कारबाही सुस्त बन्दै : युक्रेन

logo
एजेन्सी,
प्रकाशित २०७८ फागुन २५ बुधबार
ukraine-president-zelensky.jpg
फाइल तस्बिर

किभ। किभले  पछिल्लो २४ घण्टामा शत्रुले आफ्नो आक्रामक कारबाहीको गतिलाई सुस्त बनाएको दाबी गरेको छ। रुसी सेनामाथि सशक्त प्रतिकार गरेको बताइरहेका बेला युक्रेनको पछिल्लो भनाई आएको हो। रुसी सेनाले मिसाइल र बम हमलाको सहारा लिएको पनि युक्रेनले जनाएको छ।

‘पछिल्लो २४ घण्टामा शत्रुले आफ्नो आक्रामक कारबाहीको गतिलाई सुस्त बनाएको छ। मुख्यतया नागरिक पूर्वाधारमा मिसाइल र बम हमलाको सहारा लिएको छ। युक्रेनको सशस्त्र फौजले एक विज्ञप्तिमा भनेको छ । रुसी सेनाले २४ फेब्रुअरीदेखि युक्रेनमा हमला गरिरहेको छ।

रुसले किभ, सुमी, खारकिभ, मारिओपोललगायतका सहरहरूलाई निरन्तर घेरा हालेको पनि युक्रेनी सेनाले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ