arrow

अन्तत: पश्चिमाद्वारा रुसको तेल र ग्याँसमाथि समेत प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २५ बुधबार
russian-oil.png

काठमाडौं। युक्रेनमाथिको आक्रमणलाई लिएर पश्चिमा शक्ति मुलुकहरुले रुसमाथि कयौं प्रतिबन्ध लगाएका छन् भने तेल र ग्याँस आयात समेत रोकेका छन् ।

विश्वकै तेस्रो ठूलो तेल उत्पादक रुसको तेलर ग्याँसमा अमेरिका र बेलायत पूर्णरुपमा प्रतिबन्ध लगाएका हुन् । यस्तै, युरोपियन युनियन (ईयू) लेसमेत रूसी ग्यासमाथिको आफ्नो निर्भरता समाप्त गर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कदमले 'रुसको अर्थतन्त्रको मुख्य धमनी' लाई लक्षित गरेको बताएका छन्। ऊर्जा निर्यात रुसको लागि राजस्वको एक महत्त्वपूर्ण स्रोत हो तर यो कदमले पश्चिमी उपभोक्ताहरूलाई पनि असर गर्ने सम्भावना छ।

ठूला ब्रान्डहरूले यस बीचमा रुसबाट बाहिरिने क्रम जारी राखेका छन्, म्याकडोनाल्ड र कोका(कोलाले पछिल्लो समय रुस छोडेका छन्।

रुसको अर्थतन्त्र ऊर्जामा धेरै निर्भर छ। यो साउदी अरेबिया र अमेरिकापछि संसारको तेस्रो ठूलो तेल उत्पादक हो।

रुसले यसअघि नै तेल र ग्याँसमाथि प्रतिबन्ध लगायो भने विश्वव्यापी अर्थतन्त्रको लागि 'विपत्तिजनक' नतिजाहरू आउने चेतावनी दिएको थियो । 

रुसी तेलमा प्रतिबन्ध लगाए कच्चा तेलको मूल्य प्रति ब्यारेल २०० अमेरिकी डलर पुग्न सक्ने चेतावनी दिएको छ ।

यसबीच भेनेजुएलाले आफ्नो तेल उत्पादन बढाउन सक्ने र इरानी तेलसमेत विश्व बजारमा आउन सक्ने तयारी भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ