arrow

युक्रेनलाई लडाकु विमान पठाउने पोल्याण्डको प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २५ बुधबार
poland-russia-fighter-jet.PNG

काठमाडौं । जर्मनीस्थित अमेरिकी हवाई अड्डामार्फत युक्रेनमा एमआईजी-२० (MiG-29) लडाकु विमान पठाउने पोल्याण्डको प्रस्तावलाई संयुक्त राज्य अमेरिकाले मङ्गलबार अस्वीकार गगरेको छ ।

यो प्रस्तावले सम्पूर्ण नाटो गठबन्धनका लागि 'गम्भीर चिन्ता' खडा गरेको भन्दै पेन्टागनले प्रस्ताव अस्वीकार गरेको हो ।

वार्सा (पोल्याण्डको राजधानी) ले सोभियत युगका विमानहरू जर्मनीको रामस्टेनस्थित अमेरिकी बेसमा पुर्‍याउने प्रस्तावको साथ अमेरिकी अधिकारीहरूसँग कुरा गरेको थियो ।

प्रस्तावित योजना अन्तर्गत, ती जेटहरू युक्रेनमा तैनाथ गर्ने र पोलिश वायुसेनाले प्रतिस्थापनको रूपमा एफ १६ लडाकुहरू प्राप्त गर्ने कुरा रहेको थियो ।

पेन्टागनका प्रवक्ता जोन किर्बीले संयुक्त राज्य अमेरिकाको डिस्पोजलमा राखिएका जेट विमानहरू अमेरिकी-नाटो बेसबाट 'युक्रेनलाई लिएर रुससँग विवादित आकाशमा उड्ने कुराले सम्पूर्ण नेटो गठबन्धनका लागि गम्भीर चिन्ता खडा गर्ने' बताएका हुन् ।

'हामी पोल्याण्ड र हाम्रा अन्य नेटो सहयोगीहरूसँग यो मुद्दा र यसले प्रस्तुत गर्ने कठिन तार्किक चुनौतीहरूको बारेमा परामर्श जारी राख्नेछौं, तर हामी पोल्याण्डको प्रस्तावलाई टेनेबल मान्दैनौं,' किर्बीले एक विज्ञप्तिमा भनेका छन्।

'यसको ठोस औचित्य छ भन्ने कुरा हामीलाई स्पष्ट छैन,' उनले थपे। नेटोले यसअघि नै रुस र युक्रेनबीचको द्धन्द्धको बीचमा आफू नपर्ने भनिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ