arrow

रुस र युक्रेनका विदेशमन्त्रीबीच भेटवार्ता हुँदै, युद्धग्रस्त क्षेत्रबाट पाँच हजार नागरिकको उद्दार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २५ बुधबार
russia-ukrainefm.jpeg

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेपछि जारी युद्धका क्रममा दुवै देशबीच तीन पटक मानिसहरुको उद्धारका लागि युद्धबिराम गर्ने सम्झौता भएको छ । यद्यपि, रुसले युद्धबिरामको उल्लंघन गर्दै गोलीबाली सुरु गरेको आरोप युक्रेन लगाएको थियो ।

हिजो भने ५ हजार नागरिकको सफल उद्दार भएको युक्रेनी अधिकारीहरुले जनाएका छन् । केही दिनदेखि रुसको भीषण बमबारीमा परेको उत्तरपूर्वी सहर सुमीबाट करिब ५ हजार मानिसलाई विस्थापित गरिएको युक्रेनी अधिकारीहरुले बताएका हुन् । 

शहरका गभर्नरले मंगलबार खोलिएको मानवीय उद्धार कोरिडोर बुधबार पनि जारी रहको बताएका छन्। मस्कोले आक्रमणमा परेका शहरहरूमा नागरिकहरूलाई पलायन गर्न अनुमति दिन अर्को युद्धविराम घोषणा गरेको कुरा रूसी राज्य मिडिया आउटलेटहरूले समेत जनाएका छन् ।

युक्रेनी सहर सुमीमा रुसी हवाई आक्रमणपछि तीन बालबालिका सहित २२ जना मारिएको बीबीसीले जनाएको छ ।

यसबीच रुसको रक्षा मन्त्रालयले एक गोप्य कागजातहरू प्राप्त गरेको र ती कागजातमा किभले पूर्वी युक्रेनमा रुसी समर्थित पृथकतावादीहरूमाथि आक्रमण गर्ने योजना बनाएको पाइएको दाबी गरेको छ ।

यसबीच रुसले आफ्नो विदेश मन्त्री सर्गेई लाभरोभ र युक्रेनी समकक्षी दिमिट्रो कुलेबा बिहीबार टर्कीमा भेट्ने पक्का भएको पुष्टि गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि दुवै देशका प्रमुखबीच पहिलो पटक भेट भइरहेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ