arrow

युक्रेन र युरोपलाई १४ अर्ब डलरको सहायता दिँदै अमेरिका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २५ बुधबार
biden.jpg

काठमाडौं । अमेरिकाले युक्रेन र युरोपेली सहयोगीहरूलाई १३.६ अर्ब अमेरिकी डलरको सहयता प्रदान गर्ने तयारी गरेको छ । यो रकम सहयोग प्रदान गर्नका लागि अमेरिकी संसदमा नेताहरु द्विपक्षीय सम्झौतामा पुगेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सुरुमा सैन्य, मानवीय र आर्थिक सहायताका लागि १० अर्ब अमेरिकी डलर सहायताका लागि अनुरोध गरेका थिए । तर संसदमा दुवै पक्षहरूको समर्थन यति बलियो थियो कि यो संख्या सोमबार १२ अर्ब हुँदै १३.६ अर्बमा पुगेको हो ।

ह्वाइट हाउसमा बोल्दै अमेरिकी राष्ट्रपति बाइडेनले भनेका छन्, 'हामी उनीहरूलाई अत्याचार, दमन, र अधीनताको हिंसात्मक कार्यहरूविरुद्ध समर्थन गर्नेछौं।'

अमेरिकाले यस वर्ष सहायता प्रदान गर्नका लागि संघीय एजेन्सीहरूलाई प्रदान गरिरहेको १.५ खर्ब डलरको प्याकेज अन्तर्गत यो सहयोग थपेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ