arrow

युक्रेनबाट उद्धार गरिदिएकोमा मोदीलाई पाकिस्तानी युवतीको धन्यवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २५ बुधबार
aasama-pakistani-indian.PNG

भारत ।  युक्रेनको युद्धग्रस्त ठाउँबाट उद्धार गरिदिएकोमा खुशी व्यक्त गर्दै पाकिस्तानी युवती अस्मा शफिकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कीभ स्थित भारतीय दूतावासलाई धन्यवाद व्यक्त गरेकी छन् । उनले एक भिडियोमार्फत 'निकै नै कठिन परिस्थिति'बाट आफूलाई बचाएको भन्दै भारतीय दूतावासप्रति कृतज्ञता व्यक्त गरेकी हुन् ।

 'म भारतका प्रधानमन्त्रीलाई पनि धन्यवाद दिन्छु। आशा छ हामी सुरक्षित रूपमा घर पुग्छौँ, भारतीय दूतावासलाई धन्यवाद,' उनले एएनआई समाचार एजेन्सीले पोस्ट गरेको भिडियोमा भनेकी छन् ।

'अस्मा शफीक अब पश्चिमी युक्रेन जाने बाटोमा छिन् जहाँबाट उनी अन्ततः युद्धग्रस्त देशबाट बाहिरिनेछन्। उनी चाँडै आफ्नो परिवारसँग पुनर्मिलन हुनेछन्,' एएनआईले स्रोतलाई उद्धृत गर्दै लेखेको छ ।

रुसले फेब्रअरी २४ मा युक्रेनमाथि आक्रमण शुरु गरेको थियो । त्यसयता २० लाखभन्दा बढी मानिसले युक्रेन छोडेका छन्, भने सयौँले ज्यान गुमाएका छन् । यसबीच भारतले आफ्ना देशका नागरिक र अन्य देशमा नागरिकहरूलाई समेत युक्रेनबाट उद्धार गर्न मद्दत गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ