arrow

भारतले युक्रेनबाट बंगलादेशीको उद्धार गर्‍यो, हसिनाले दिइन् मोदीलाई धन्यवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २५ बुधबार
modi-hasina-ukraine.PNG
तस्बिर– फाइल

काठमाडौं। युद्धग्रस्त युक्रेनबाट भारतले बंगलादेशी र नेपाली नागरिकको उद्धार गरेको छ । मार्च ९ मा भारतले नौ बंगलादेशी र मार्च ४ मा एक गरी दश बंगलादेशीको उद्धार गरेको हो ।

आफ्ना नागरिकको उद्धार गरिदिएप्रति कृतज्ञता व्यक्त गर्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएकी छन् ।

अपरेशन गंगा अन्तर्गत भारतले युक्रेनबाट आफ्ना देशका नागरिकसँगै नेपाल, बंगलादेश, टर्की, ट्युनिसिया र पाकिस्तानी नागरिकको समेत उद्धार गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ