arrow

रुसले युक्रेनमा रासायनिक हमला गर्न सक्ने अमेरिकी चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
jen-psaki-usa.jpg

काठमाडौं । रुसले युक्रेनमाथि रासायनिक वा जैविक हमला गर्न सक्ने चेतावनी संयुक्त राज्य अमेरिकाले दिएको छ । ह्वाइट हाउसमा बोल्दै प्रेस सचिव जेन साकीले यस्तो चेतावनी बताएकी हुन् ।

'रुसले युक्रेनमा रासायनिक वा जैविक हतियार हमला गर्ने योजना बनाइरहेको हुनसक्छ र हामी सबै सतर्क हुनुपर्छ', उनले भनेकी छन् ।

यस्तै उनले, अमेरिकी जैविक हतियार प्रयोगशाला र युक्रेनमा रासायनिक हतियार विकास गरिरहेको रुसी आरोप निराधार भएको बताएकी छन् ।

प्रेस सचिव साकीले 'रुसले यस्ता झूटा दाबीहरूलाई थप पूर्वनियोजित, अप्रत्याशित आक्रमण गर्न जायज ठहराउने प्रयासको स्पष्ट चाल' भएको बताएकी छन् ।

पश्चिमी अधिकारीहरूले रुसले युक्रेनमाथि रासायनिक र जैविक हमला गर्न सक्ने चिन्ता व्यक्त गरेका छन् । उनीहरूले 'युद्ध बढ्न सक्ने जोखिम र विशेष गरी रुसले गैर-परम्परागत हतियार प्रयोग गर्ने सम्भावनाबारे धेरै चिन्तित' रहेको बताएका छन्।

गैर-परम्परागत हतियारले सम्भवतः रासायनिक हतियारहरूलाई जनाउँछ । जसअन्तर्गत साना आणविक हतियार, जैविक हतियार र असामान्य बमहरूसमेत हुनसक्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ