arrow

युन कोरियाको राष्ट्रपति, जो एक वर्षअघि मात्रै आएका थिए राजनीतिमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
Yoon-Suk-yeol.jpg

काठमाडौं । कडा प्रतिस्पर्धाको दौडपछि दक्षिण कोरियाले कन्जरभेटिभ विपक्षी उम्मेदवार युन सुक-योललाई देशको अर्को राष्ट्रपतिको रूपमा चयन गरेको छ। युनले वर्गीय असमानतालाई सम्बोधन गर्ने एजेण्डाका साथ डेमोक्र्याटिक पार्टीका ली जे-म्युङमाथि विजय हासिल गरेका हुन् ।

उनले आफ्नो जितलाई 'महान दक्षिण कोरियाली जनताको विजय' भनेका छन् । यद्यपि, चुनावको नतिजा भने अन्तिममा १ प्रतिशत भन्दा कममा पुगेपछि विभाजित भएको थियो ।

बिहीबार बिहानै यूनले आफ्नो विजय भएपछि सम्बोधन गर्दै  'जनताको जीविकोपार्जनमा ध्यान दिने, खाँचोमा परेकाहरूलाई न्यानो कल्याणकारी सेवाहरू उपलब्ध गराउने र आफ्नो देशलाई अन्तर्राष्ट्रिय समुदायको गौरवपूर्ण र स्वतन्त्र जिम्मेवार सदस्यको रूपमा सेवा दिनको लागि सक्दो प्रयास गर्ने' बताएका छन् ।

दुवै राष्ट्रपतिका उम्मेदवारहरूलाई चुनावी अभियानमा व्यापक रूपमा अलोकप्रियको रूपमा हेरिएको थियो। तर, पनि राम्रो मतहरु खसेको बताइएको छ ।

मतदाताहरूले मुख्यरुपमा घरको मूल्य, स्थिर आर्थिक वृद्धि, युवा बेरोजगारी र लैङ्गिक असमानताका मुद्दाहरु सम्बोधन हुनुपर्ने माग राखेका थिए ।

निर्वाचित राष्ट्रपति युनले लैङ्गिक समानता र परिवार मन्त्रालय खारेज गर्ने आफ्नो अभियानको केन्द्रिय वाचासमेत बनाएका थिए ।

को हुन् युन ?

अधिवक्ता र पूर्व सार्वजनिक अभियोजकसमेत रहेका युनले गत वर्ष मात्र राजनीतिमा प्रवेश गरेका थिए । युन भूतपूर्व कन्जरभेटिभ राष्ट्रपति पार्क ग्युन हेलाई घूसखोरी र भ्रष्टाचारको आरोपमा सफलतापूर्वक मुद्दा चलाएर चर्चामा आएका थिए ।

युनलाई संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगसमेत तुलना गरिएको छ ।

वर्तमान उदारवादी नेता मुन जाइ इनभन्दा युन विदेश नीतिमा बढी हर्की रहेको बताइएको छ ।

चीनप्रति कडा बन्न चाहने युनले अमेरिका, अष्ट्रेलिया, भारत र जापानबीचको क्वाड सुरक्षा गठबन्धनसँग दक्षिण कोरियाले पूर्ण रूपमा सहकार्य गर्नुपर्छ भन्ने प्रस्ताव राखेका छन् ।

यो क्षेत्रमा बेइजिङको बढ्दो प्रभावलाई रोक्नको लागि सिर्जना गरिएको अनौपचारिक समूह हो। तर उनले सियोल गठबन्धनमा सामेल हुनुपर्ने बताउन छोडे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ