arrow

युक्रेनी विदेशमन्त्रीले भने- रुसी विदेशमन्त्रीसँगको वार्ता ‘कठिन’ थियो, युद्धविरामको सहमति भएन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
russia-ukraine-sergey-kubela.PNG

काठमाडौं। युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबा र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच बिहीबार टर्कीमा भेटवार्ता भएको छ।

रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता पहिलो पटक दुवै देशका विदेश मन्त्रीबीच भेटवार्ता भएको हो।

यद्यपि, वार्ताका क्रममा युद्धविराम बारे कुनै सहमति हुन नसकेको युक्रेनी विदेश मन्त्री कुलेबाले बताएका छन् । कुलेबाले लाभरोभसँगको वार्तामा २४ घण्टा युद्ध विरामको सम्भावना बोकेका थिए तर, दुवै पक्षले यस विषयमा प्रगति गर्न नसकेको बताए ।

'यस्तो देखिन्छ कि यस विषयमा रुसमा अन्य निर्णयकर्ताहरू छन्,' कुलेबाले लाभरोभसँगको वार्तापछि पत्रकार सम्मेलनमा भने।

उनले युक्रेनमा 'सबैभन्दा दबाबपूर्ण मानवीय समस्याहरू समाधान गर्न' युद्धविराम आवश्यक भएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ