arrow

चीन सरकारको द्वैध चरित्र: एकातिर चरम दमन, अर्कोतिर आश्वासन

logo
एजेन्सी,
प्रकाशित २०७८ फागुन २६ बिहिबार
xi jinping un.jpg
फाइल तस्बिर

बेइजिङ। चिनियाँ राष्ट्रपति सी जिन पिङले विभिन्न मुद्दाहरूमा द्वैध चरित्र प्रस्तुत गरेको आरोप लागेको छ। अल्पसङ्ख्यकहरूमाथि एकातिर चरम दमन भइरहँदा राष्ट्रपति सीले अर्कोतर्फ उनीहरूलाई एकजुट हुन आह्वान गरिरहेका छन्।

राष्ट्रपति सी जिनपिङले शनिवार अल्पसङ्ख्यकहरूलाई उनीहरूको पहिचानलाई दबाउन नयाँ कानुनहरू ल्याइए पनि चिनियाँ राष्ट्रका लागि 'जातीय एकता' र समुदायको भावना जगाउन आग्रह गरे।

चिनियाँ राष्ट्रपति सीले चीनको शीर्ष व्यवस्थापिका राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन्। सीले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) लाई अगाडि बढाउने आधारभूत 'विश्वासहरू' सूचीबद्ध गरेका छन्। 
सीले सबै जातीय समूहहरूलाई 'एकसाथ टाँसिएको अनारको बीउजस्तै' महान् मातृभूमिको निर्माणमा एकताबद्ध रहन मद्दतका लागि आह्वान गरेको सिन्ह्वा समाचार एजेन्सीले रिपोर्ट गरेको छ।

जातीय समूहहरू एकताबद्ध र मेलमिलापमा हुँदा मानिसहरू समृद्ध राष्ट्र र स्थिर समाजमा खुसीसाथ बाँच्न सक्ने कुरा पनि सीले बताए र चिनियाँ राष्ट्रका लागि समुदायको बलियो भावना जगाउन सघाउने कुनै पनि कामलाई विस्तृत रूपमा अघि बढाउन आग्रह गरे।

उनले 'पार्टीको उन्नत प्रकृति र शुद्धतालाई हानि पुर्‍याउने कुनै पनि तत्त्वलाई जरैदेखि उखेल्न पार्टीमाथि पूर्ण र कठोर शासन चलाउनुपर्ने' समेत बताएका छन्।

चिनियाँ अधिकारीहरूले तिब्बतजस्ता जातीय अल्पसङ्ख्यक बहुल क्षेत्रमा लागु गरेका नयाँ कठोर उपायहरूलाई हाइलाइट गर्ने रिपोर्टहरूको एक शृङ्खला पछि यो टिप्पणी आएको हो।

तिब्बतमा सीसीपीका सदस्यहरूका लागि नयाँ आचारसंहिताले पार्टीका सदस्यहरूलाई सार्वजनिक र निजी जीवनमा सबै प्रकारका धार्मिकताबाट स्पष्ट रूपमा निषेध गरेको छ। ६ बुँदे आचार संहिता पहिलो पार्टी नियम भएको र यसले स्पष्ट र व्यापक रूपमा तिब्बतमा पार्टीका सदस्यहरूका लागि निषेध गरिएको विशेष प्रकारको धार्मिकताको विवरण दिएको हङकङ पोस्टले जनाएको छ।

मार्च १ मा लागु भएको 'इन्टरनेट धार्मिक सूचनात्मक सेवाहरूको प्रशासनमा उपायहरू' नामक अर्को नियमले सरकारी इजाजत पत्र प्राप्त गर्नेहरू बाहेक सबै विदेशी संस्था र व्यक्तिहरूलाई चीन र तिब्बतमा धार्मिक सामग्री अनलाइन फैलाउन प्रतिबन्ध लगाउने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ