arrow

पुटिनले भने- युक्रेन आक्रमणको विकल्प छैन, प्रतिबन्धले हाम्रो आत्मनिर्भरता झनै बढाउने छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
putin2.jpg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथिको आक्रमण (विशेष सैन्य अभियान) को विकल्प नभएको बताएका छन् । यस्तै उनले रुसमाथि लागेका प्रतिबन्धको कारण खाद्यान्न र उर्जाको मूल्य बढेर पश्चिमाहरुमाथि आफै जवाफ जाने टिप्पणी गरेका छन् ।

पुटिनले आफ्नो देश सार्वभौमसत्तामा कुनै प्रकारको छोटो अवधिको आर्थिक लाभका लागि सम्झौता गर्न सक्ने देश नभएको बताएका छन् ।

रुसी सरकारको बिहीबारको बैठकमा बौल्दै पुटिनले भनेका छन्, 'यी प्रतिबन्धहरू कुनै पनि अवस्थामा लगाइने थिए । (प्रतिबन्धका कारण)केही प्रश्न, समस्या र कठिनाइहरू छन् तर विगतमा हामीले ती पार गरेका छौं र अब पनि पार गर्नेछौं। अन्तमा, यो सबै (प्रतिबन्ध) ले हाम्रो स्वतन्त्रता, आत्मनिर्भरता र हाम्रो सार्वभौमसत्तामा वृद्धि हुनेछ।'

अमेरिकाले रुसी तेल आयाaतमा रोक लगाएको बिषयमा पुटिनले त्यहाँ तेलको मूल्य बढेको र मुद्रास्फीति समेत बढ्न थालेको बताएका छन् । पुटिनको टिप्पणीले रुसी लक्ष्य पूरा नभएसम्म युक्रेनमाथिको आक्रमण जारी रहन सक्ने संकेत गरेको छ ।



नयाँ