arrow

युक्रेनमा आधा मानिसले राजधानी छोडे, फेसबुकमा 'रुसी सेना र पुटिनविरुद्ध हिंसात्मक पोस्ट' गर्न मिल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
putin-meta-facebook-ukraine-war.png

काठमाडौं । फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता राजधानी किभबाट आधा मानिस बाहिरिइसकेको त्यहाँका मेयरले बताएका छन् । 'हाम्रो जानकारी अनुसार किभका दुई मध्ये एक जनाले शहर छोडेका छन्,' भिटाली क्लिट्स्कोले बिहीबार युक्रेनी टेलिभिजनमा बोल्दै भनेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक भिडियो सम्बोधनमा युक्रेनमा रासायनिक हतियार वा सामूहिक विनाशका हतियारहरू विकास भएको रुसी दावीको खण्डन गरेका छन्। 

यस्तै उनले युक्रेनविरुद्ध त्यस्ता हतियार प्रयोग गरेमा रुसले 'सबैभन्दा कडा प्रतिबन्धको प्रतिक्रिया' पाउने समेत चेतावनी दिएका छन् ।

युक्रेनमाथि रुसी आक्रमणपछिको युद्ध जारी रहँदा रूसको अनुरोधमा शुक्रबार संयुक्त राष्ट्र संघको आपतकालीन बैठक बस्ने भएको छ ।

युक्रेनको राजधानी किभतर्फ बढिरहेका रुसी सेना अब, करिब ५ किलोमिटर मात्रै टाढा रहेको बताइएको छ । स्याटेलाइट तस्बिरहरूले रूसी सैनिकहरू बिस्तारै अगाडि बढिरहेको देखाएको छ ।

पुटिनका सेनाहरूले कथित रूपमा धेरै युक्रेनी शहरहरू घेरेका छन् । रुस र युक्रेनका विदेशमन्त्रीहरूबीच बिहीबार टर्कीमा भएको वार्ता निकट भविष्यमा दिगो युद्धविरामको कुनै आशा नदेखिँदै टुङ्गिएको छ ।

उता, फेसबुक र इन्स्टाग्रामको मूख्य कम्पनी मेटाले केही देशका प्रयोगकर्ताहरूलाई रूसी सैनिकहरूको मृत्युको लागि समेत पोस्ट गर्न दिने भएको छ । 

रुसी सेना र पुटिनविरुद्ध हिंसात्मक कुराहरु लेख्न पाउने गरी मेटाले यस्ता हिंसात्मक भाषणमा प्रतिबन्ध लगाउने नियमहरू अस्थायी रुपमा निलम्बन गर्ने बताएको छ । अमेरिका स्थित रुसी दुतावासले मेटाको यो कदमको विरोध गरेको छ ।

बिहीबार वेस्टर्न युनियन, जेपी मोर्गन चेस र वार्नर म्युजिकलगायत धेरै थप पश्चिमी कम्पनीहरूले रूससँग सम्बन्ध तोडेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ