arrow

विद्रोहीको हिंसामा छ बालबालिकाको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
yaman-agitation.jpg

आदेन । यमनमा गएको २४ घन्टा यतामात्र यहाँका हुथी विद्रोहीहरुले जारी राखेको हिंसामा परी कम्तीमा पनि छ जना बालबालिकाको ज्यान गएको छ ।

 यहाँको सुरक्षा निकायले चिनियाँ समाचार समिति सिन्ह्वालाई दिएको जानकारीमा हुथीहरुले देशका विभिन्न भागमा गरेका हिंसात्मक आक्रमणहरुमा गएको २४ घन्टामा नै कैयौँ नागरिकको ज्यान गएको र ती आक्रमणमा परेर कम्तीमा पनि छ जना बालबालिका मारिएका बताएको छ ।

ती सुरक्षा निकायले पछिल्ला केही हप्तायता हुथीहरुले हिंसात्मक गतिविधिलाई बढावा दिएका पनि बताएका छन् । यहाँका दक्षिणी क्षेत्रमा पर्ने ताइज र साना प्रान्तमा ती बालबालिका मारिएका र सो क्षेत्रमा हुथीहरुले आन्धाधुन्ध सर्वसाधारण माथि नै हमला गरेका बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ