arrow

चीनको आर्थिक वृद्धिको लक्ष्य दशकयताकै न्यून

logo
एजेन्सी,
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
china-xi-eco.jpg
फाइल तस्बिर

बेइजिङ। चीनले दशकयताकै सबैभन्दा न्यून वार्षिक जिडिपी लक्ष्य राखेको छ। प्रधानमन्त्री ली खच्याङले कोरोना भाइरसको पृष्ठभूमि, सुस्त अर्थतन्त्र र युक्रेनमा भइरहेको रुसी युद्ध 'गम्भीर र अनिश्चितता' तर्फ बढ्दै गएको चेतावनी दिएसँगै आर्थिक वृद्धिको लक्ष्य न्यून राखिएको हो।

प्रधानमन्त्री लीले शनिवार बेइजिङको ग्रेट हल अफ द पिपुलमा नेसनल पिपुल्स कङ्ग्रेसका करिब तीन हजार सदस्यहरूलाई सम्बोधन गर्दै सन् २०२२ का लागि लगभग ५.५ प्रतिशत आर्थिक वृद्धिको सामान्य लक्ष्य घोषणा गरेका हुन्। जुन सन् १९९१ पछिकै सबैभन्दा न्यून आर्थिक वृद्धिको लक्ष्य हो।

लीले विश्वको दोस्रो ठुलो अर्थतन्त्रले 'धेरै जोखिम र चुनौतीहरूको सामना गर्नेछ, र हामीले तिनीहरूलाई जित्नको लागि जोड दिनुपर्ने' बताएका थिए। उनले युक्रेनमा चलिरहेको युद्ध र यसले विश्व अर्थतन्त्रमा पार्ने असरबारे भने उल्लेख गरेनन्।

चीनको अर्थतन्त्र विश्वव्यापी वृद्धिको प्रमुख चालक हो र सत्तारुढ कम्युनिस्ट पार्टीका लागि आन्तरिक रूपमा महत्त्वपूर्ण छ। गत वर्ष यसले ८.१ प्रतिशत रिबाउन्ड रिपोर्ट गरेको थियो।

तर, आर्थिक वृद्धि निकै कम हुँदा आफ्नो विशाल जनसङ्ख्यामा रहेको सामाजिक अस्थिरताप्रति पार्टी चिन्तित छ। 'आर्थिक स्थिरता 'उच्च प्राथमिकता' हुनुपर्ने लीले बताएका छन्।

वार्षिक संसद् अधिवेशनमा पार्टीको राजनीतिक प्राथमिकताहरू, आर्थिक अपेक्षाहरू र विदेश नीतिका लक्ष्यहरू प्रस्तुत गर्ने उच्च कोरियो ग्राफ गरिएको बैठक एक हप्तासम्म चल्ने भएको छ।

अघिल्लो सत्रहरूले हङकङमा लगाइएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुन र देशको एक-सन्तान नीतिलाई उल्टाउने जस्ता महतपूर्ण कानुनहरू घोषणा गरेको थियो। तर यस वर्ष कुनै प्रमुख कानुनहरू अपेक्षित छैनन्।

यी बैठकहरूको एजेन्डा पहिले नै तय गरिएको थियो, त्यसैले विश्वका अन्यत्र चलिरहेको घटनाक्रमको बारेमा धेरै खुला छलफल हुने सम्भावना नभएको अक्सफोर्ड विश्वविद्यालयमा चिनियाँ राजनीतिका सहप्राध्यापक प्याट्रिसिया थोरन्टनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ