arrow

रुस युक्रेन युद्ध : छ हजार रूसी र २३ सय युक्रेनी सैनिकले ज्यान गुमाए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २८ शनिबार
russia-ukraine-war-troops.jpg

काठमाडौं । युक्रेनको राजधानी किभको दक्षिणमा रहेको एउटा सैन्य एयरफिल्डमा रुसी सेनाले मिसाइलले हानेको छ ।  यस्तै, रूसी सेनाहरूको हुल किभबाट २५ किलोमिटर नजिक पुगिसकेको बताइएको छ ।

यसबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब ५ सयदेखि ६ सय रुसी सेनाले शुक्रबार आत्मसमर्पण गरेको बताएका छन् ।

यस्तै उनले युद्ध शुरु भएको १७ औं दिनसम्म आइपुग्दा करिब २३ सय युक्रेनी सैनिकले ज्यान गुमाइसकेको बताएका छन् ।

करिब ६ हजारबढी रुसी सेना मारिएको आंकलनसमेत बाहिरिएको छ । जेलेन्स्कीले शान्ति वार्ताले मात्र युद्धविराम पछ्याउन सक्ने बताएका छन् ।

जर्मन चान्सलर ओलाफ स्कोल्ज र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले शनिबार ७५ मिनेटको फोन वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको द्वन्द्वमा तत्काल युद्धविराम गर्न सहमत हुन आग्रह गरेका छन् ।

मानिसहरुको उद्धार भइरहेको बताइए पनि रुसी गोलाबारीले उद्धारलाई ‘अत्यन्तै कठिन’ बनाइरहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ