arrow

रुसबाट हिँडेका ११ नेपाली जङ्गलमा अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
ukraine-russia.jpg

 रुस । रुसबाट हिँडेका ११ जना नेपालीहरू लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् । अलपत्र परे नेपालीहरूले उद्धारको लागि पहल गरिदिन आग्रह गरेका छन् ।

 उनीहरूले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिवार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

उनीहरू रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशङ्का गरिएको छ । सम्पर्ककर्ता मध्येका एक सुभाव कुँवरले ह्वाट्स एप मार्फत आफ्नो उद्धारको लागि अनुरोध गरेका थिए । 

जर्मनीको लागि नेपाली राजदुत रामबाबु खड्काले ती नेपालीहरू युक्रेन युद्ध पीडित नभएर अन्य बिचौलियामा मार्फत युरोप छिर्न हिँडेको हुने सक्ने आशङ्का गरे ।

खड्काले उनीहरूको खोजीको लागि रुसस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनीहरूसँग सम्पर्क स्थापित गर्न खोजिएको जानकारी दिए । उनीहरूले रुसमा विगत केही वर्षदेखि बसोबास गर्दै आएको समेत बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ