- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रसुवा । रसुवामा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस प्रदेश क्षेत्रीय (क) कार्यसमिति रसुवाले आयोजना गरेको प्रदेश सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रममा केन्द्रीय सदस्य एवम् संघीय सांसद ईन्जिनियर मोहन आचार्यले उनीहरुलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
कांग्रेस प्रवेश गर्नेमा एमालेलगायत अन्य पार्टीको स्थानीय निर्वाचनका प्रत्यासी उम्मेदवारदेखि विभिन्न तहका नेता कार्यकर्ताहरु हुन् । विभिन्न वडाका गरी १५० जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै सांसद आचार्यले स्थानीय निर्वाचन केन्द्रित भएर गाउँगाउँमा सकृय हुन स्थानीय नेता कार्यकर्तालाई आग्रह गरेका छन् । ‘घरघर जाऔँ, कांग्रेसलाई जिताऔँ अभियान’ लाई सफल पार्न आग्रह गर्दै उनले सडक संजाल, गुणस्तरीय शिक्षा, आधुनिक स्वास्थ्य सेवा र पर्यटन प्रवर्द्धनको लागि नेपाल सरकारसँग आफूले आवश्यक पहल गरिरहेको बताए ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्यव्दद्धय प्रभात तामाङ र प्रेम तामाङ, बागमती प्रदेश कार्य सम्पादन समितिका सदस्य लामा कार्पु तामाङ, उपेन्द्र लम्साल, शेषकुमारी अधिकारी र पार्टी सभापति पेम्बा छिरिङ तामाङले गाउँको विकास कांग्रेसले मात्र गर्न सक्ने बताए ।