arrow

'युक्रेनलाई जित्ने शक्ति वा आत्मा रुससँग छैन'

logo
एएफपी,
प्रकाशित २०७८ फागुन २९ आइतबार
russia-usa-attack-ukraine.jpg

किभ । युक्रेनले राजधानी किभको “अथक प्रतिरक्षा“ को लागि आइतवार तयारी गरेको समाचार छ ।  रुसले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा पनि बमबारी जारी राखेको छ ।

शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियामा, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई जित्ने शक्ति वा आत्मा रुससँग नभएको बताएका छन् । 

मारिउपोलको लागि जाँदै गरेको मानवीय सहायताको रुसी चेकपोस्टमा रोकिएको थियो ।  तर यो आइतवार सहरमा पुग्ने आशा गरिएको उपप्रधानमन्त्री इरिना भेरेशचुकले भनेका छन् । रणनीतिक बन्दरगाह सहर मारिउपोलमा “मानवीय प्रकोप“ को सामना गरिरहेको छ । यहाँ रुसले गरेको आक्रमणमा परी १ हजार पाँच सय भन्दा बढी नागरिक मारिएका छन् । लाखौं सर्वसाधारणलाई बाहिर निकाल्ने प्रयास बारम्बार असफल भएको छ । मरियुपोल अझै पनि घेरिएको छ । 

यो शहरलाई युद्धबाट पाउन नसक्ने रुसीहरू भोक र निराशाले प्राप्त गर्न चाहिरहेको र  युक्रेनी सेनालाई तल ल्याउन नसक्ने हुनाले उनीहरुले सर्वसाधारणलाई निशाना बनाउँछन्,“ फ्रान्सेली सैन्य स्रोतले भनेको समाचारमा जनाइएको छ  ।

“दुर्भाग्यवश, युक्रेनमा मानवीय अवस्था द्रुत रूपमा बिग्रँदै गइरहेको छ, र केही शहरहरूमा यो विनाशकारी अनुपातमा पुगेको छ,“ रुसी राष्ट्रिय रक्षा नियन्त्रणका प्रमुखले भनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ