arrow

बस र ट्रक ठोक्किँदा १२ यात्रुको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७८ फागुन २९ आइतबार
accident1.jpg

अबुजा । नाइजेरियाको दक्षिणपश्चिम सहरमा शनिबार बिहान बस र ट्रक ठोक्किदाँ १२ यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

देशको दक्षिणी भागमा रहेको क्वारा र ओयो राज्यहरूलाई जोड्ने इलोरिन–ओग्बोमोसो सडकको छेउमा रहेको ओटे टाउननजिकै बस र ट्रक ठोक्किदाँ सवारीसाधनमा भएको आगलागिमा परी अन्य छ घाइते भएका बताइएको छ । 

घटनामा १८ जनाको संलग्नता रहेको बताइएको छ । घाइते र शवलाई इलोरिनको सरकारी अस्पतालमा लगिएको छ । अधिकारीहरुले सवारी चालकहरूलाई सडक सुरक्षा नियमहरु पालना गर्न सल्लाह दिएका छन् ।

घातक सडक दुर्घटनाहरू नाइजेरियामा प्रायः भएको पाइन्छ , प्रायः ओभरलोडिङ, खराब सडक अवस्था, र लापरवाह ड्राइभिङको कारणले गर्दा दुर्घटना हुने गरेको समाचारमा जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ