arrow

रुसी घेराबन्दीमा ९ को मृत्यु, लाखौं मानिस विस्थापित

logo
एएफपी,
प्रकाशित २०७८ फागुन २९ आइतबार
russia-attack-ukraine.PNG

किभ । युक्रेनको एलभिभ शहरमा रुसी पक्षले गरेको आक्रमणमा परी युक्रेनी पक्षका नौ जनाको मृत्यु भएको छ । रुसी सेनाले गरेको हवाई आक्रमणमा परी अरु ५७ जना घाइते भएको पनि स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

एलभिभ नगरका नगर प्रमुख अन्द्रीय साडोभियले आइतबार टेलिग्राममा लेखेका छन्, “दुर्भाग्यवस हाम्रा नौ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन् ।” 

रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म लाखौं मानिस विस्थापित भएका छन् । युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका शहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखेका छन् । 

ठूलो आक्रमणमा परेका स्थानबाट सर्वसाधारणलाई निकाल्ने प्रयास पनि भइरहेको अधिकारीहरुले जनाएका छन् । विषेश गरेर दक्षिणी बन्दरगाह साहर मारिऊपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किएभबाहिर रहेका नगर र गाउँहरू बढी प्रभावित भएका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ