arrow

युक्रेनीलाई स्वागत गरिरहेको डेनमार्क 'सिरियाली शरणार्थीलाई घर पठाउन खोज्दै'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
denmark-border-checkpoint.jpg

काठमाडौं । सन् २०१९ मा डेनमार्कले सिरियाली शरणार्थीहरूलाई आफ्नो युद्धग्रस्त घर फर्कन भनेको थियो । त्यति बेला पनि राष्ट्रपति बसर अल असदको पक्षमा रुसी जेटहरूले सिरियामा मिसाइल हानिरहेका थिए ।

सोही रुसले अहिले युक्रेनमाथि आक्रमण गरेको छ र संयुक्त राष्ट्रसङ्घका अनुसार त्यहाँका २२ लाख भन्दा बढी नागरिकले देश छोडेका छन् ।

यस क्रममा अहिले युरोपेली राष्ट्रहरूले युक्रेनी नागरिकलाई खुल्ला हातले स्वागत गरिरहेका छन्।

'जब युरोपमा युद्ध हुन्छ र युरोपेली छिमेकीमा युक्रेनको जस्तो अवस्था सिर्जना हुन्छ मेरो दिमागमा अलिकति पनि शङ्का छैन हामीले सकेसम्म मद्दत गर्नुपर्छ... डेनिस माटोमा युक्रेनीहरूलाई स्वागत गरेर,' विदेशमन्त्री म्याटियास टेसफायाले भनिन् ।

यसबाहेक डेनमार्क सरकारले युक्रेनीहरूका लागि शरणसम्बन्धी नियमहरूलाई निलम्बन गर्ने कानुनको मस्यौदा तयार गरिरहेको, डेनमार्कको सत्तारुढ सामाजिक प्रजातान्त्रिक पार्टीका विदेश मामिला प्रवक्ता रासमुस स्टोकलन्डले सीएनएनलाई भनेका छन्।

तर, यसको ठिक उल्टो दमस्कस र यसको वरपरका गाउँहरूबाट आएका सिरियाली शरणार्थीहरूलाई डेनमार्कको सरकारले त्यहाँ फर्कन आग्रह गरिरहेको छ।

सिरियामा जारी गृहयुद्ध र क्रूर शासनका बेला शरणार्थीलाई फिर्ता पठाउन खोज्दा आलोचकहरूले डेनमार्कको सरकारलाई कपटको आरोप लगाएका छन् ।

डेनमार्क सरकारले युक्रेनी शरणार्थीहरूलाई स्वागत गर्दै र सन् २०१४ देखिका करिब ३० हजार सिरियाली शरणार्थीहरू त्यहाँ बसिरहेको भने पनि शरणार्थी स्वागत डेनमार्कका प्रमुख मिकाला क्लान्टे बेन्डिक्सनले डेनमार्कले गोरा जीवनलाई उच्च प्राथमिकता दिने गरेको बताएका छन् ।

बेन्डिक्सनले भने '२०१५ को आप्रवासी सङ्कटमा, मानिसहरू अफगानिस्तान वा सिरियाबाट आए भने उनीहरूलाई शङ्काको घेरामा राखिन्थ्यो, उनीहरूलाई शरणार्थीको स्तर नदिइएसम्म उनीहरूलाई आप्रवासी भनिएको थियो। तर, अहिले हामी युक्रेनीहरूलाई तुरुन्तै शरणार्थी भन्छौँ फरक के हो ?'

डेनमार्कले सिरियाली शरणार्थीहरूलाई घर फर्किन आग्रह गरिरहेको र त्यस किसिमका गतिविधिहरूको सामना सिरियाली शरणार्थीहरूले गर्नु परेको विषयमा सीएनएनले एक रिपोर्ट सार्वजनिक गरेको छ ।

'यो धेरै निराशाजनक र डरलाग्दो छ कि मानिसहरू संसारका अन्य मानिसहरूसँगको सहानुभूतिमा यति सीमित छन्,' उनले भनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ