- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। पश्चिमी प्रतिबन्धहरूले सम्भावित आर्थिक विपत्तिको सामना गरिरहेका रुसी अधिकारीहरूले त्यहाँबाट फिर्ता हुने लागेका विदेशी कम्पनीका अधिकारीलाई गिरफ्तार गर्ने र सम्पत्ति जफत गर्ने धम्की दिएका छन् ।
वाल स्ट्रीट जर्नलले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार रुसी अभियोजकहरूले फोनमार्फत, लेटर लेखेर र व्यक्तिगत रुपमा भेटेर धेरै विदेशी संस्थाहरूलाई चेतावनी दिएका हुन् ।
यसरी धम्की दिइएका कम्पनीमा कोका-कोला, म्याकडोनाल्ड, प्रोक्टर एण्ड ग्याम्बल, आईबीएम र यम ब्रान्डहरू, केएफसी र पिज्जा हटको मूल कम्पनीलगायत रहेका छन् ।
रुसी अधिकारीले सरकारको आलोचना गर्ने अधिकारीहरूलाई पक्राउ गर्ने या बौद्धिक सम्पत्तिसहितको सम्पत्ति जफत गर्ने धम्की दिएका हुन् ।
रुसी चेतावनीसँगै धम्की दिइएको कम्तीमा एक लक्षित कम्पनीको रुसी शाखासँग सम्पर्क वञ्चित भएको रिपोर्टमा उल्लेख छ ।