arrow

रुसले प्रसूति अस्पतालमा समेत हान्यो बम : गर्भवती महिला र बच्चाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
russia-bombed-martinity-hospital-ukraine.PNG

काठमाडौं । रुसले प्रसूति अस्पतालमा बम विष्फोट गरेपछि एक गर्भवती महिला र उनको बच्चाको मृत्यु भएको छ । 

प्रसूति अस्पतालमा बम हानेपछि ती महिलालाई दक्षिण(पूर्वी युक्रेनी सहरको अर्को अस्पतालमा लगिएको थियो । एसोसिएटेड प्रेसका अनुसार  त्यहाँ चिकित्सकहरूले उनी र उनको बच्चालाई बचाउन सकेनन्।

गत बुधबार मारिउपोलको अस्पतालमा भएको बम विष्फोट पछिको भिडियो र तस्बिरहरूमा उद्धारकर्ताहरूले उनलाई भग्नावशेष अस्पतालबाट बाहिर निकाल्दा रगतले लतपतिएको तल्लो पेटमा हात लगाइरहेको तस्बिर सार्वजनिक भएको थियो ।

महिलालाई गम्भीर चोट लागेको अवस्थामा चिकित्सकहरूले सिजेरियन सेक्सन मार्फत बच्चालाई जन्म दिएका थिए । तर, उक्त बच्चाले जीवनको कुनै सङ्केत नदेखाएपछि उनीहरू आमामा केन्द्रित भएका थिए । तर, अन्तमा उनले पनि ज्यान गुमाइन् ।

रुसले आक्रमण गरेपछि युक्रेनका विभिन्न शहरहरुमा युद्ध जारी छ । अहिलेसम्म दुवै देशका कूटनीतिज्ञहरू बीच वार्ता भइरहे पनि युद्ध बिरामको कुनै सङ्केत देखिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ