arrow

रुस-युक्रेन युद्ध दुई महिना चल्न सक्ने, यस्तो छ पछिल्लो अवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
russia-ukraine-war-wall-steet-journal.jpg

काठमाडौं । युक्रेनी राष्ट्रपतिका चिफ अफ स्टाफका सल्लाहकारले रुससँग स्रोतसाधनको अभाव हुँदा युक्रेनमा जारी युद्ध मेको सुरुमा समाप्त हुनसक्ने बताएका छन् ।

मेको सुरुसम्म र सम्भवत चाँडो नै शान्ति सम्झौता हुनसक्ने ओलेक्सी अरेस्टोभिचले बताएको विभिन्न युक्रेनी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यसबीच जापानले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट विश्वासी बैंकर युरी कोभाल्चुकका परिवारका सदस्यहरू र अर्बपति भिक्टर भेक्सेलबर्गलगायत थप १७ रुसी संसदको तल्लो सदन ड्युमाका सदस्यहरुको सम्पत्ति रोक्का गर्ने निर्णय गरेको छ।

चीनका विदेशमन्त्री वाङ यीले युरोप र रुसबीच वार्ताका लागि आह्वान गरेका छन् ।  दुई पक्षले ूआफ्नो सुरक्षा चिन्ताको उचित समाधान खोज्नू र ूएक सन्तुलित, प्रभावकारी र दिगो युरोपेली सुरक्षा ढाँचा स्थापनाू गर्न सकुन् भन्ने किसिमले चिनियाँ विदेशमन्त्री यीले वार्ताको आह्वान गरेका छन् ।

फाइनान्सियल टाइम्सका अनुसार अमेरिकाले आफ्ना सहयोगीहरूलाई रुसले चीनसँग पाँच प्रकारका सैन्य उपकरण मागेको बताएको छ। 

जस अन्तर्गत सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्र, ड्रोन, इन्टेलिजेन्ससँग सम्बन्धित उपकरण, बख्तरबंद सवारी साधन र लजिस्टकका लागि प्रयोग हुने सवारीसाधन रहेको बताइएको छ । रुसले र चिनियाँ पक्षले भने यो कुरा अस्वीकार गरेका छन् ।

यति मात्रै हैन् यी सैन्य सहयोग उपलब्ध गराउन चीन इच्छुक देखिएको समेत अमेरिकाले आफ्ना सहयोगीहरूलाई बताएको छ।

उता, अमेरिकी राष्ट्रपति जो बाइडेनले उनको सरकारले कीभलाई हतियार, पैसा, खाना र सहायता पठाउने र युक्रेनी शरणार्थीहरूलाई ूखुला हातू ले स्वागत गर्ने बताएका छन् ।

बेलायती रक्षा मन्त्रालयले रुसले युक्रेनमा ‘फल्स फ्ल्याग अपरेशन’ मा रासायनिक वा जैविक हतियार प्रयोग गर्ने योजना बनाएको हुनसक्ने बताएको छ ।

यस्तै मंगलबार अर्थात् आज पनि रूस र युक्रेनी अधिकारीहरूबीच युद्भबिरामका लागि वार्ता जारी रहने बताइएकाे छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ