arrow

चिनियाँ अधिकारीहरूले गरे सिन्जियाङबाट ८ सय उइगरहरू नियन्त्रण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
uyghurs-xinjiang-china.jpg

बेइजिङ। चिनियाँ अधिकारीहरूले सिनजियाङ क्षेत्रको मानस काउन्टीबाट करिब ८ सय उइगरहरूलाई हिरासतमा लिएको हिरासतमा काम गर्ने एक अधिकारीलाई उद्धृत गर्दै मिडिया रिपोर्टले बताइएको छ। यी उइगुरहरूलाई राखिएको हिरासत शिविरलाई दुई भागहरूमा विभाजन गरिएको छ। जसमा एउटामा झन्डै ५०० पुरुष र अर्कोमा २७० जना महिला रहेको रेडियो फ्री एसियाले रिपोर्ट गरेको छ।

अधिकारीका अनुसार यी उइगर कैदीहरूलाई शिविरमा मडारिन चिनियाँ 'राष्ट्रिय भाषा' सिकाइने भएको छ। उनीहरूले प्रार्थनाको 'गम्भीर अपराध' गरेको आरोपमा पक्राउ गरिएको थियो।

उल्लेखनीय कुरा के छ भने, जातीय अल्पसङ्ख्यक समूहहरूमाथिको ज्यादतीको एक भागको रूपमा चिनियाँ अधिकारीहरूले वर्षौँदेखि सिन्जियाङका मुस्लिम उइगर व्यापारी, बुद्धिजीवी र सांस्कृतिक र धार्मिक व्यक्तित्वहरूलाई लक्षित गरी गिरफ्तार गर्दै आएका छन्।

धार्मिक चरमपन्थ र आतङ्कवादी गतिविधिलाई रोक्नको लागि २०१७ देखि सिन्जियाङमा १.८ मिलियन उइगर र अन्य टर्किस अल्पसङ्ख्यकहरूलाई नजरबन्द शिविरहरूको नेटवर्कमा राखिएको थियो।

उइगर मुस्लिमहरूलाई सामूहिक हिरासत शिविरमा पठाएर, तिनीहरूको धार्मिक गतिविधिहरूमा हस्तक्षेप गरेर.र समुदायका सदस्यहरूलाई जबरजस्ती पुनः शिक्षा वा शिक्षाको कुनै न कुनै रूपबाट गुज्रन पठाएको चीनको विश्वव्यापी रूपमा निन्दा हुँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ