arrow

कानून व्यवसायी इमान्दार हुनुपर्छः महान्यायाधिवक्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
khamma-bahadur-khati-attorney-general.jpg

काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायालयको छवि उच्च राख्नका लागि कानून व्यवसायी आफ्नो पेसाप्रति इमान्दार हुनुपर्ने बताएका छन् । 

नेपाल कानून व्यवसायी परिषद्ले आयोजना गरेको २९ औँ पूर्वव्यावसायिक आधारभूत तालिम आज शुभारभ्भ गर्दै उनले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका बनाउनका लागि कानुन व्यवसायी इमान्दार हुनुपर्नेमा जोड दिएका हुन् । 

“कानुन व्यवसायीले पेशागत निष्ठाभन्दा अरु केही गर्न हुँदैन”, महान्यायाधिवक्ता खालीले भने, “न्यायालयको छवि उच्च राख्न र पेसागत सुरक्षाका लागि विचलित नभइकन कानून व्यवसायीले काम गर्नुपर्छ ।” 

नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय स्वच्छ र निष्पक्ष बनाउन कानून व्यवसायी निर्भिक भएर काम गर्नुपर्ने बताए । उनले न्यायापालिकालाई स्वतन्त्र, सक्षम र निष्पक्ष बनाउनका लागि बारले निरन्तर आवाज उठाइरहेको छ भने । 

सो अवसरमा महान्यायाधिवक्ता खातीले नवोदित कानून व्यवसायीका लागि उपयोगी हुने हाते पुस्तक सार्वजनिक गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ