arrow

युद्धमा साढे तेह्र हजार बढी रुसी सेनाको मृत्यु भएको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
russia-ukraine-war-wall-steet-journal.jpg

कीभ, यूक्रेन । युद्धमा साढे तेह्र हजार भन्दा बढी रुसी सेनाको मृत्यु भएको युक्रेनको विदेश मन्त्रालयले मङ्गलवार जानकारी गराएको छ ।  रुसी सशस्त्र फौजले युक्रेनविरुद्ध युद्ध शुरु गरेदेखि ४०४ रुसी ट्याङ्कर ध्वस्त गरेको पनि मन्त्रालयले जनाएको छ । 

रुसले यस सम्बन्धमा यूक्रेनी भनाइको खण्डन गर्दै युद्धमा धेरै रुसी सेनाको मृत्यु भएको समाचार सम्प्रेषण गरेर आफ्ना नागरिकलाई सान्त्वना दिनका लागि उक्त दावी गरेको तर युक्रेनले भने जति सङ्ख्यामा युक्रेनमा रुसी सुरक्षाकर्मीको मृत्यु नभएको बताएको छ । 

यूक्रेनी परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार युद्धका क्रममा विभिन्न प्रकारका एक हजार २७९ रुसी हातहतियार, लडाकू विमान, ९५ हेलिकोप्टर, १५० तोपका टुक्रा र ६४ एमएलआर, ३६ एन्टि–एअरक्राफ्ट, ६४० गाडी र ६० भवनहरूलगायतका बन्दोबस्तीका समान ध्वस्त भएका छन् । 

मस्कोले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गर्दै आएका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र गणतन्त्रको रूपमा मान्यता दिएको तीन दिनपछि सैन्य कारबाही थालेको मङ्गलवार २० दिन पुगेको छ । 

यसैबीच यूक्रेनी राजधानी कीभमा रुसी सेना प्रवेश गरेपछि युद्धमा सर्वसाधारणको मृत्यु नहोस् भनी शहरी क्षेत्रमा लगाइएको निषेधाज्ञा आदेशलाई मार्च १७ (चैत्र ३) गतेसम्मका लागि थप गरेको छ ।



नयाँ