arrow

कांग्रेससँग गठबन्धन नहुने स्थिति आए वाम गठबन्धन हुन सक्छ : मन्त्री खतिवडा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १ मंगलबार
birodh-khatiwada.PNG

गोरखा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन नहुने स्थिति आए वाम गठबन्धन हुनसक्ने बताएका छन् । 

गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खतिवडाले संविधानको रक्षाका लागि गरिएको वर्तमान गठबन्धनको निरन्तरता आफूहरुको पहिलो प्राथमिकताको विषय भएको उल्लेख गरे। 

“अहिलेको मुख्य आवश्यकता र प्राथमिकता कांग्रेससहितको गठबन्धन नै हो”, उनले भने, “यदि कांग्रेस गठबन्धनमा नजाने परिस्थिति आए वाम गठबन्धन हुन्छ ।” एमालेसँग भने गठबन्धन हुन नसक्ने मन्त्री खतिवडाले उल्लेख गरे । 

देशको राजनीतिक आवश्यकताले कांग्रेससँगको वर्तमान गठबन्धन निर्माण भएको उल्लेख गर्दै उनले निर्वाचनसम्म यसैलाई निरन्तरता दिएर अघि बढ्नुपर्नेमा आफूहरुको जोड रहेको बताए । “एकीकृत समाजवादी  वर्तमान गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्न चाहन्छ”, मन्त्री खतिवडाले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ