arrow

युक्रेन हमलाको २१ औं दिनः खुलेन शान्ति मार्ग, प्रयास जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २ बुधबार
ukraine-attack-meeting-.jpg

काठमाडौं । रुसले युक्रेनमाथि युद्ध थालेको आज २१ औं दिन पुगिसकेको छ । रुसले युक्रेनी शहरहरुमा निरन्तर आक्रमण गरिरहेको छ । सो क्रममा पछिल्लो पटक रुसले मरियुपोलको सबैभन्दा ठूलो अस्पतालमा कब्जा गरेको छ । त्यहाँका उपमेयरले रुसी सैनिकले चिकित्सक र बिरामीसहित चार सय जनालाई बन्धक बनाएको छ । 

यसैबीच चेक गणतन्त्र, पोल्याण्ड र स्लोभेनियाका प्रधानमन्त्रीहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गरेका छन् । 

स्लोभानियका प्रधानमन्त्री जानेज जान्साले युक्रेनी नागरिकलाई ‘तिमीहरु एक्लै छैनौ’ भनी आफूहरु साथमा रहेको बताएका छन् । 

त्यस्तै चेक प्रधानमन्त्री पिटर फिअलाले ‘तिमीहरु आफ्नो जीवनका लागि लडिरहेका छौ, स्वतन्त्रताका लागि लडिरहेका छौ । हामीलाई थाहा छ तिमीहरु हाम्रो जीवन र स्वतन्त्रताका लागि पनि लडिरहेका छौ ।’

यही विषयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले अगामी हप्ता ब्रसेल्समा युरोपियन युनियन र नाटोका अधिकारीहरुसँग छलफल गर्नेछन् । 

युक्रेनले अहिलेसम्म १३ हजार पाँच सय रुसी सैनिकमारेको दाबी गरेको छ । त्यस्तै १२ रुसी कमाण्डर पनि मारिएका छन् । संयुक्त राष्ट्र संघका अनुसार ३० लाख भन्दा बढी मानिसले युक्रेन छाडिसकेका छन् । 

अमेरिकी अधिकारीहरुका अनुसार रुसले अहिलेसम्म युक्रेनमा ९५० भन्दा बढी मिसाइल आक्रमण गरिसकेको छ । 

युक्रेनले अहिलेसम्म ९७ बालबालिकाको रुसी आक्रमणमा परेर ज्यान गएको बताएको छ । 

रुसले अमेरिकी राष्ट्रपति बाइडेनसँगै १३ अमेरिकी नेताहरुमाथि प्रतिबन्ध लगाएको छ । उनीहरु रुस जान पाउँदैनन् । 

अहिलेसम्म ठूलो क्षति भएको भन्दै युक्रेनी राष्ट्रपतिले सहमतिको संकेत दिएका छन् । उनले नाटोसँग दूरी बढाएका छन् । 

रुसले युक्रेन अमेरिकाले सैन्य गठबन्धन गरेको नाटोको सदस्य नबनोस् भन्ने नै चाहेको छ । रुसले युक्रेनमा आक्रमण गर्नुको प्रमुख कारण पनि यसलाई नै मानिएको छ । 
 



नयाँ