arrow

समाचारका क्रममा युद्धविरोधी प्लेकार्ड देखाउने सम्पादकलाई जरिवाना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २ बुधबार
russia-ukraine-war-anti-putin.jpg

काठमाडौं । युक्रेनमा राष्ट्रपति पुटिनको सैन्य कारबाहीको विरोध गर्ने रुसी टिभी सम्पादकलाई अदालतले २८० डलर जरिवाना सुनाएको छ । टेलिभिजन सम्पादक म्यारिना ओभस्याननिकोभाले टेलिभिजनमा समाचार प्रसारण भइरहेका बेला समाचार बाचिकाको पछाडि उभिएर  ‘युद्ध होइन’ लेखिएको प्लेकार्ड देखाएकी थिइन् ।

सो समाचार क्लिप विश्वभर भाइरल भएको थियो । युक्रेनी मूलकी उनले बोकेको प्लेकार्डमा लेखिएको थियो, ‘युद्ध होइन । युद्ध रोक । प्रोपोगान्डामा विश्वास नगर । तपाईलाई उनीहरुले यहाँ ढाँटेका छन् ।’  

ओभस्याननिकोभाले अदालतसामू आफू दोषी नभएको बताइन । उनले अदालतअगाडि भनिन्, ‘म अझै पनि विश्वस्त छु की रुसले अपराध गरिरहेको छ ।’ रुसी अधिकारीहरुले आफूलाई १४ घन्टासम्म सोधपुछ गरेको उनले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ