arrow

अमेरिकी र क्यानडाका राष्ट्रपतिसहित दर्जनाैंमाथि रुसको प्रतिबन्ध, के पर्छ असर ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २ बुधबार
putin-biden-turdeu.png

काठमाडौं । रुसले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र एक दर्जन शीर्ष अमेरिकी अधिकारीहरूलाई देश प्रवेश गर्न निषेध गर्ने “स्टप लिस्ट” मा राखेको बताएको छ।

बाइडेनसँगै, उक्त सूचीमा रहेका अमेरिकी अधिकारीहरूमा रक्षा मन्त्री लोयड अस्टिन, सीआईएका प्रमुख विलियम बर्न्स र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान रहेका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि रुसी अधिकारीमाथि वासिङ्टनले लगाएको प्रतिबन्धको बदलास्वरूप यो प्रतिबन्ध लगाइएको हो ।

यद्यपि, रुसी परराष्ट्र मन्त्रालयले आधिकारिक सम्बन्ध कायम राखेको र आवश्यक भएमा सूचीमा रहेका व्यक्तिहरूसँग उच्च-स्तरीय सम्पर्क हुन सक्ने कुरा सुनिश्चित गर्ने बताएको छ ।

रुसले एक किसिमको प्रतिबन्ध लगाउँदै राखेको ‘स्टप लिस्ट’ मा उपराष्ट्रिय सुरक्षा सल्लाहकार दलीप सिंह, अमेरिकी एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्टका प्रमुख सामन्था पावर, उपकोष सचिव अडेवाले अदेयेमो र यूएस एक्सपोर्ट–इम्पोर्ट बैंकका प्रमुख रेटा जो लुइस रहेका छन् ।

रुसले अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर बाइडेन र पूर्व विदेश मन्त्री एवं डेमोक्रेटिक राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टनमाथिसमेत रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

रुसी विदेश मन्त्रालयले मस्कोले चाँडै नै ूरुसोफोबिकू अमेरिकी अधिकारीहरू, सैन्य अधिकारीहरू, विधायिकाका सदस्यहरू, व्यापारीहरू र मिडिया व्यक्तित्वहरूविरुद्ध थप प्रतिबन्धहरू लगाउने चेतावनी दिएको छ ।

यी प्रतिबन्धले प्रतिबन्धीत व्यक्तिहरुलाई रुस प्रवेश गर्न दिने छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ