arrow

एलनले आफ्नो नाम 'एलोना मस्क' राखे, यस्तो छ कारण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २ बुधबार
elona-musk.PNG

काठमाडौं । स्पेसएक्स र टेस्लाका सीईओ एलोन मस्कले ट्विटरमा आफ्नो नाम परिवर्तन गरेर एलोना मस्क राखेका छन् । विश्वकै धनाढ्य मस्कले ट्विटरमा नाम परिवर्तन गरेसँगै उनका साढे ७ करोड बढी फलोअर चकित परेका छन् ।

यद्यपि, उनले ट्विटरमा आफ्नो नाम परिवर्तन गर्नु पछाडिको कारण भने रुस र युक्रेनमा जारी द्वन्द्वसँग जोडिएको छ । मस्कले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनको लागि एकल लडाइँको चुनौती दिएपछि रुसी गणतन्त्र चेचेनका प्रमुख रमजान कादिरोभले उनलाई सल्लाह दिएका थिए ।

पुटिनको बचाव गर्दै कादिरोभले आफ्नो आधिकारिक टेलिग्रामबाट स्पेसएक्सका प्रमुख मस्कलाई चेतावनी दिएका छन् । टेलिग्राममा एक लामो पोस्ट लेख्दै उनले भनेका छन्, 'एलोन मस्क, सल्लाहको एक शब्द पुटिनसँग आफ्नो शक्ति नदाँज्नुहोस् । तपाईं दुई पूर्णतया फरक लीग (क्षेत्र) मा हुनुहुन्छ ।'

आफ्नो नाम एलोना मस्क राख्दै कादिरोभले लेखेको पोस्टको र त्यसको अंग्रेजीमा रुपान्तरीत अंश मस्क आफैले ट्विट गरेका छन् । कादिरोभले मस्कलाई 'इफिमिनेट' भन्दै 'कोमल (इफिमिनेट) इलोनाबाट क्रूर एलोनमा परिवर्तन गर्न ती मांसपेशीहरू पम्प गर्न आवश्यक रहेको' भन्दै पोस्ट गरेका थिए ।

उनले यसरी एलोना भनेपछि मस्कले आफ्नो नाम नै एलोना राखेका हुन् । यद्यफि मस्कले मजाकी भावमा पटक पटक यस्ता क्रियाकलाप गर्ने गर्छन् ।

कादिरोभलाई रिप्लाई प्रतिक्रिया दिँदै मस्कले प्रस्तावको लागि धन्यवाद, 'तर यस्तो उत्कृष्ट प्रशिक्षणले मलाई धेरै फाइदा दिनेछ। यदि ऊ लड्न डराउँछ भने, म मेरो देब्रे हात मात्र प्रयोग गर्न तयार हुनेछु र म देब्रे हाते पनि हैन्,' मस्कले हासोको भावमा भनेका छन्,'एलोना' ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ