arrow

अमेरिकामा एसियाली भन्दै ६७ वर्षीया महिलालाई १२५ पटक मुक्का प्रहार

अमेरिकामा एसियाली विभेदका करिब ११ हजार घटना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २ बुधबार
usa-anti-asian-crime.PNG

काठमाडौं । अमेरिकामा सन् २०२० को मार्च १९ देखि सन् २०२१ को डिसेम्बर ३१ सम्म करिब २१ महिनाको अवधिमा एसियालीमाथि विभेद गरिएका १० हजार ९ सय ५ घटना रेकर्ड गरिएका छन् ।

एसियाली अमेरिकी र प्रशान्त टापुवासी मानिसहरूविरुद्ध भेदभावको रिपोर्टहरू ट्र्याक गर्ने एएपीआई (AAPI)ले यस्तो रिपोर्ट सार्वजनिक गरेको छ ।

खासगरी कोरोना भाइरसको महामारी शुरु भएयता अमेरिकामा एसियालीमाथि भेदभाव (एन्टी एसियन)का घटनाहरु बढेको तथ्यांकले देखाएको छ ।

अमेरिकाको योन्कर्स पुलिस विभागले सोमबार मात्रै एक एसियाली मुलकी महिलामाथि अमेरिकामा भएको आक्रमणको घटना सार्वजनिक गरेको छ । 

योन्कर्स पुलिस विभागले सार्वजनिक गरेको विज्ञप्तीलाई उदृत गर्दै सीएनएनले लेखे अनुसार ६७ वर्षीया एसियाली मुलकी महिलामाथि ४२ वर्षीय नागरिकले आक्रमण गरेका हुन् ।

ट्यामेल इस्को (Tammel Esco) नामक ती व्यक्तिले एसियन बी.*.(Asian b*tch) भन्दै ती महिलालाई गाली गरेको र महिलाले कुनै प्रतिक्रिया नदिएर आफ्नो अपार्टमेन्ट भवनभित्र छिरेर लबीमा पुगी ढोका खोल्न खोज्दा ती व्यक्तिले पछाडिबाटै प्रहार गरेको पुलिस विभागले जनाएको छ ।

पुलिस विभागले उक्त आक्रमणको भिडियोसमेत फेला पारेको बताइएको छ । भिडियो अनुसार ती युवकले मुख र टाउकोमा १२५ पटक भन्दा बढी मुक्का हानेको र ७ पटक खुट्टाले हानेर उनीमाथि थुकेका छन् ।

महिलाको टाउको र अनुहारमा धेरै चोटपटक लागेको, अनुहारको हड्डी भाँचिएको र मस्तिष्कमा रगत बगेको पुलिस विभागले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लखे छ । उनलाई ट्रमा सेन्टरमा लगिएको र उनको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई भिडियो उपलब्ध भएपछि शुक्रबार साँझ ६ बजेर ११ मिनेटमा प्रहरीले प्रतिक्रिया थालेको थियो । त्यसपछि अपार्टमेन्टको बाहिरैबाट अपराधीलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ गरेपछि शनिबार योन्कर्स सिटी अदालतमा उपस्थित गराएर वेस्टचेस्टर काउन्टी जेलमा हिरासतमा राखिएको विज्ञप्तिमा भनिएको छ।

हत्याको प्रयास र ६५ वर्ष वा माथिको पीडित गरी उनीमाथि दुई अपराधको आरोप लगाइएको छ । उनका दुवै आरोपलाई घृणा अपराधको रूपमा चार्ज गरिएको र उनलाई मार्च २५ मा फेरि अदालतमा उपस्थित गराइने भएको छ ।

'यो मैले देखेको सबैभन्दा डरलाग्दो आक्रमणहरू मध्ये एक हो । असहाय महिलालाई कुट्नु निन्दनीय छ र उनको जातको कारणले उनलाई निशाना बनाइयो,' योन्कर्सका प्रहरी आयुक्त जोन जे मुलरले विज्ञप्तिमा भनेका छन्।

भिडियाे:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ