arrow

फरार पासवान दम्पती समातिए, श्रीमानलाई २२ र श्रीमतीलाई १७ वर्षको सजाय

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ चैत २ बुधबार
paswan-dampati.JPG

जनकपुरधाम। मानव बेचबिखन तथा ओसारपसार एवं अपहरण मुद्दाका अभियुक्त दम्पतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ४२ वर्षीय रामजी पासवान र उनको ३२ वर्षीया श्रीमती बिभा पासवान रहेका धनुषा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए।

सो मुद्दामा धनुषा जिल्ला अदालतले २०७७ माघ २२ गते गरेको फैसलामा रामजीलाई २२ वर्ष कैद र दुई लाख ५० हजार रुपियाँ जरिवाना सुनाएको थियो । बिभालाई १७ वर्ष कैद र एक लाख ५० हजार जरिवाना गरेको यो।

अदालतको फैसलापछि फरार दम्पतीलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ बाटै पक्राउ गरी जिल्ला अदालत धनुषामा पेस गर्दा अदालतले झुम्का कारागार कार्यालय सुनसरीमा पठाउने आदेश भएकाले त्यहाँ पठाउन लागेको जिल्ला प्रहरी धनुषाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ