arrow

रुस-युक्रेन युद्ध : ३० लाखभन्दा बढीले छोडे युक्रेन

logo
एएनआई,
प्रकाशित २०७८ चैत २ बुधबार
russia-ukraine-residental-building.PNG

कीभ, युक्रेन । रुस-युक्रेन युद्ध पछि तीस लाखभन्दा बढीले युक्रेन छोडेका छन् । रूसी आक्रमण शुरु भएदेखि अहिले पूर्वी युरोपेली यस देशबाट भागेका मानिसहरूको कूल संख्या तीस लाखभन्दा बढी पुगेको राष्ट्रसंघको प्रारम्भिक तथ्याङ्क छ । 

“अहिले युक्रेनबाट छिमेकी देशहरूमा मानिसहरूको प्रवाह ३० लाखभन्दा बढी पुगेको हामीले प्रक्षेपण गरेका छौँ । यीमध्ये लगभग एक लाख ५७ हजार तेस्रो देशका नागरिक रहेका अन्तरराष्ट्रिय आप्रबासी संगठन (आईओएम) का प्रवक्ता पल डिलनले जेनेभामा बताए ।

युक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । 

 “फेब्रुअरी २४ मा रूसी आक्रमण शुरु भएदेखि अहिले लगभग १५ लाख बालबालिका युक्रेनबाट बाहिरिएका छन् । गत २० दिनको दौडान युक्रेनमा हरेक दिन ७०,००० भन्दा बढी केटाकेटी शरणार्थी भएका छन् । 

संयुक्त राष्ट्र बाल कोषका प्रवक्ता जेम्स एल्डरले भने, “हरेक मिनेट ५५ जना बालबालिका देश (युक्रेन) छोडेर विदेशिने गरेका छन् ।” 

युक्रेनमा हिंसाबाट भागिरहेका १० मध्ये नौ जना महिला तथा केटाकेटीहरू रहेका युनिसेफका प्रवक्तालाई उद्धृत गरी राष्ट्रसंघको सञ्चारमामिला हेर्ने संगठन (यूएन न्युज) ले उल्लेख गरेको छ । युवाहरू अपरिचित नयाँ वातावरणमा आइपुग्दा तस्करहरूको सिकार भइरहेको आशङ्का पनि गरिएको छ । 

जेम्स एल्डरले भने, “मैले भ्रमण गरेको सीमाक्षेत्र खासगरी मेडीका, पोल्याण्डदेखि युक्रेनको राजधानी कीभसम्म कीभबाट आएको जनाउँदै कीभ नाम उच्चारण गर्ने हजारौँ मानिसहरू शहरहरूको बस र मिनीबस वरिपरि व्यवस्थापनको खोजीमा उभिरहेका भेटेको थिएँ । उनीहरू कम्तीमा पनि एक हप्ताअघि ती सीमाहरूमा पुगेका थिए । 

उनले भने, “निस्सन्देह, अधिकांश मानिसहरू अद्भुत मनसाय र ठूलो उदारता भएका मानिसहरू हुन् तर युरोपमा तस्करीबारे हामीले बुझेको कुरालाई विचार गर्दा यो अझै पनि एकदमै गम्भीर मुद्दा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ