- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युक्रेनका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले पठाउने नयाँ क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली पनि रहेको छ । यसले निकै टाढाको लडाकु विमानलाई ध्वस्त पार्न सक्छ ।
यस्तै अमेरिकाले युक्रेनलाई १०० स्विचब्लेड ड्रोनहरू पनि दिइरहेको छ । जुन क्यामेरा जडित र रिमोट नियन्त्रित र टाढैबाट अपरेट गर्न सकिने बमहरु हुन् ।
अन्य हतियारहरूमा ८०० वटा स्टिंगर रहेका छन् जुन काँधमा राखेर प्रयोग गर्न सकिन्छ । यस्तै २ हजार ज्याभलिन रहेका छन् जसले रूसी ट्याङ्कहरूविरुद्ध प्रभावकारी काम गरिरहेका छन् ।
यस्तै ९ हजार वटा एन्टी आर्मर सिस्टम, ४ सय मेसिन गन, ५ हजार ४ सय राइफल, एक हजार पेस्तोल र २ करोड राउण्ड गोली रहेको छ । यस्तै २५ हजार बुलेटफ्रुट भेस्ट र २५ हजार हेल्मेटसमेत रहेको छ ।
बाइडेनले युक्रेनका लागि ८० करोड डलर बराबरको सुरक्षा सहयोग स्वीकृत गर्दै यो हप्ता मात्रै जम्मा सहयोग १ अर्ब डलर पुग्ने बताएका छन् ।
🇺🇸 will provide 🇺🇦 with a new $ 800 million military aid package.
— SSSCIP Ukraine (@dsszzi) March 16, 2022
➕800 Stinger anti-aircraft systems;
➕2,000 Javelin, 1,000 light armored weapons and 6,000 AT-4 anti-armor systems;
➕100 UAV;
➕100 grenade launchers, 5,000 rifles; pic.twitter.com/zvYgf6jyPR