arrow

दोहोरो नागरिकता लिने पूजा पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ३ बिहिबार
275673382_3309636652641923_4132597267480144132_n.jpg

पोखरा । पोखराकी एक युवती गोरखामा पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा महानगरपालिका वडा नं ६ लेकसाइडकी २८ बर्षकी पूजा ढकाल रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय गोरखाले दोहोरो नागरिकता लिएको आरोपमा उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी हाल हाल काठमाडौंमा बसोबास गर्दै आएकी थिइन् ।

गोरखा प्रहरीका अनुसार ढकालले २०६७ मंसिर ८ गते जिल्ला प्रसासन कार्यालय कास्कीबाट पहिलो नागरिकता लिएकी थिइन् । दोस्रो पटक पनि गाइने सार्कीलाई बाबु बनाएर २०६७ मंसिर २८ गते नै जिल्ला प्रसासन कार्यालय गोरखाबाट नागरिकता बनाएको खुलेपछि आवश्यक अनुसन्धानका लागि ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले जानकारी दिए ।

उनले दोस्रो नागरिकता बनाउँदा भने पूजा गैरे सुनार नाम उल्लेख गरेर गोरखाबाट नागरिकता लिएको इन्स्पेक्टर अधिकारीले बताए । जिल्ला प्रशासन कार्यालय गोरखाले दोहोरो नागरिकता लिइएको पुष्टि हुनासाथ आवश्यक कारवाहीका लागि गोरखा प्रहरीलाई जानकारी गराएको उनले बताए । 

ढकाललाई जिल्ला अदालत गोरखाबाट बुधबार दोहोरो नागरिकता सम्बन्धी मुद्धामा सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ