arrow

युक्रेनमाथि रुसको आक्रमणको २३ औं दिन, मिसाइल आक्रमणबाट रहिनन् यी नायिका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
Screenshot 2022-03-18 081148.jpg

काठमाडौं । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत छ देशको अनुरोधपछि बसेको संयुक्त राष्ट्र सुरक्षा परिषद (यूएनएससी) को आकस्मिक बैठक स्थगित भएको छ । बिहीबार बसेको बैठकमा अमेरिका, बेलायत र युक्रेनका प्रतिनिधिहरुले रुसमाथि युक्रेनको बस्ती क्षेत्र र अस्पताल क्षेत्रमा आक्रमण गरेको आरोप लगाए । 

सो क्रममा रुसी प्रतिनिधिले आरोप अस्वीकार गर्दै प्रोपगन्डा भएको बताए । योसँगै कुनै सहमति नबनी बैठक स्थगित भएको छ । 

बिहीबार रुसी सेनाले युक्रेनको किभमा रकेट आक्रमण गर्दा युक्रेनकी चर्चित अभिनेत्री ओकसाना स्वेट्सको मृत्यु भएको छ । यंग थिएटर ग्रुपले ओक्सानको निधन भएको पुष्टि गरेको हो । द हलिउड रिपोर्टका अनुसार ओक्साना ६७ वर्षकी थिइन् । उनलाई युक्रेनको सर्वोच्च कलात्मक सम्मान ‘अनर्ड आर्टिष्ट अफ युक्रेन’ बाट सम्मान गरिएको थियो । 

त्यस्तै रुसी सेनाको गोलीबारीमा अमेरिकी तथा युक्रेनी कयौं नागरिकले ज्यान गुमाएका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ठग र हत्यारा तानाशाहको संज्ञा दिएका छन् । 

बिहीबार मात्रै खार्किवको बाहिरी क्षेत्रमा एक स्कुलमा रुसी सेनाले हमला गर्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । 

त किभ इन्डिपेन्डेन्टका अनुसार बिहीबारसम्म रुसतर्फ १४ हजार सैनिक मारिएका छन् । ८६ जहाज, २ डुंगा, १०८ हेलिकोप्टर, ८६४ गाडी, ४४४ ट्यांक, ६० फ्युल ट्यांक, २०१ तोप, ११ युएभी ड्रोन, १ हजार ४३५ युद्ध गाडीहरु र ४३ एन्टि एयरक्राफ्ट वारफेयरमा नोक्सान भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ