- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शुक्रवार फोनवार्ता हुने भएको छ ।
रुसले युक्रेनमाथि गरिरहेको आक्रमणका बेला चीनको बढ्दो रुसी मोहलाई लिएर चिन्ता बढ्दा बाइडेनले सीसँग वार्ता गर्न लागेका हुन् । अमेरिकी चेतावनीकाबीच चीनले रुसलाई सैन्य सहयोग उपलब्ध गराउन सक्ने देखिएको छ ।
यसअघि एक ब्रीफिङमा बोल्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले 'रुसको आक्रामकतालाई समर्थन गर्ने कुनै पनि कार्यको लागि चीनले जिम्मेवारी वहन गर्ने र त्यस्ता कार्यको 'लागत' भोग्नुपर्नेछ भन्ने कुरा स्पष्ट पार्न' कुराकानी हुन लागेको बताएका थिए ।
रुसले युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पश्चिमी देशहरू र सहयोगीहरू कडा प्रतिबन्ध लगाए पनि चीनले भने त्यस्तो कुनै कदम चालेको छ । यसबीचले चीनले उल्टै रुसलाई सैन्य सहयोग गर्न खोजिरहेको कुरा बाहिर आएका बेला बाइडेनले गत नोभेम्बरपछि सीसँग आज कुराकानी गर्न लागेका हुन् ।