arrow

रुस–युक्रेन युद्ध २४ औं दिनमा, ढिला नगरी वार्ता गर्न पुटिनलाई जेलेन्स्कीको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ५ शनिबार
ukraine-missile.JPG
तस्बिर– फाइल

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण थालेको २४ दिन पुगिसकेको छ । यो क्रममा थुप्रै धनजनको क्षति भएको छ । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अर्थपूर्ण शान्ति र सुरक्षा वार्ताका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आह्वान गरेका छन् । रुसी सेनाले आक्रमण तीव्र पारिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले बिलम्ब नगरी रुससँग वार्ताका लागि आह्वान गरेका हुन् । 

वार्ता रुसलाई उसको गल्तीका कारण भएको  क्षतिलाई न्यून गर्ने एउटा अवसर भएको बताए । ‘यो भेटघाट गर्ने समय हो । यो वार्ताको समय हो । यो क्षेत्रीय अखण्डता पुनस्र्थापना र युक्रेनका लागि न्याय कायम गर्ने समय हो ’, उनले भने ‘अन्यथा रुसको घाटा यस्तो हुनेछ जसलाई पुनः प्राप्ति गर्न धेरै पुस्ता चाहिन्छ ।’

यसैबीच रुस–युक्रन युद्धका बारेमा अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भिडियो वार्ता गरेका छन् । बाइडेनले चीनलाई रुसलाई सघाउने गल्ती नगर्न चेतावनी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ