कोरोना दक्षिण कोरियामा उर्लियो, दैनिक पौने चार लाख संक्रमित
रासस–सिन्ह्वा,
प्रकाशित २०७८ चैत ५ शनिबार
344
Shares
तस्बिर– फाइल
काठमाडौं । दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा तीन लाख ८१ हजार ४५४ नयाँ सङ्क्रमित भएका हुन् ।
थपिएका सङ्क्रमितसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या ९० लाख ३८ हजार ९३८ पुगेको छ । पछिल्ला केही दिनदेखि दक्षिण कोरियामा दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे तीन लाखभन्दा बढी भएका छन् ।
कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण फैलिन थालेपछि दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक वृद्धि भएको हो ।