arrow

युक्रेन हमलाको २५ औं दिन, २५ लाख युक्रेनी बालबालिका बेचिने खतरा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
ukraine-missile.JPG
तस्बिर– फाइल

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण थालेको २५ दिन भइसकेको छ । यो क्रममा अतुलनीय क्षति भइसकेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धले ठूलो क्षति भइसकेको भन्दै तत्काल रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता जरुरी रहेको बताएका छन् । 

उनले एक भिडियो सन्देश दिँदै पुटिनसँग युद्ध रोक्नका लागि सीधै प्रत्यक्ष वार्ता गर्नका लागि अपील गरेका हुन् । उनले स्वीट्जरल्याण्ड सरकारलाई रुसी धनाड्यहरुको पैसा जफत गर्न पनि अपील गरेका छन् । 

ती धनाड्यहरुले युक्रेनलाई तहसनहस गर्नका लागि रुसी सेनालाई पैसा दिइरहेको भन्दै यस्तो रकम जफत गर्न उनले आग्रह गरेका हुन् । 

युक्रेनले वार्ताका लागि अपील गरे पनि रुसी राष्ट्रपति पुटिन तयार छैनन् । टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानका प्रमुख सल्लाहकारको दाबीअनुसार पुटिन वार्ताका लागि तयार छैनन् । 

पुटिनले नेतृत्व तहको वार्ताको समय अझै नभएको बताउँदै आएका छन् । 

बालबालिका बेचिने खतरा

संयुक्र राष्ट्रको मानवअधिकार कार्यालय (युएनएचआरओ) ले युद्धका कारण मूलभूत सुविधासँगै खानपिनको कमीले पाँचमध्ये एक युक्रेनीले देश छाडेर अर्को देशमा शरण लिन पुगेका छन् । 

अहिलेसम्म ४४ लाख भन्दा बढी युक्रेनीले देश छाडिसकेका छन् । युएनएचआरओका अनुसार २४ फेब्रुअरीमा रुसले हमला थालेपछि युक्रेनमा कमसेकम ८४७ जनाको मृत्यु भएको छ । जसमा ४४ जना बालबालिका पनि रहेको युएनएचआरओलाई उधृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ । तर युक्रेन अधिकारीहरुले भने ११२ बालबालिकाको ज्यान गएको दाबी गरेका छन् । 

यसैबीच युनिसेफले रुस–युक्रेन युद्धपछि देश छाडेका लाखौं युक्रेनीमध्ये १५ लाख बालबालिका पनि सामेल रहेको भन्दै विभिन्न देशमा शरणार्थी शिविरमा रहेका उनीहरु बेचिने खतरा रहेको जनाएको छ । 

बालबालिकाको मानव तस्करी शुरु भएकोतर्फ संकेत गर्दै युनिसेफले कमजोर निगरानीले खरिद बिक्री शुरु हुने चेतावनी दिएको छ । 

युनिसेफले युक्रेनभित्रै पनि थुप्रै बालबालिका आफ्नो घर छाडेर अर्को क्षेत्रमा शरण लिन बाध्य भएको भन्दै त्यतातर्फ पनि ध्यान दिन आग्रह गरेको छ । 

युक्रेनको रक्षा मन्त्रालयका अनुसार रुसले १ हजार ४०३ वटा एयरस्ट्राइक गरेको छ । ४५९ वटा मिसाइल आक्रमण गरिसकेको छ । तर बीबीसीले भने १ हजार ८० मिसाइलमात्र आक्रमण गरेको लेखेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ