arrow

भारतमा ४२ अर्ब डलर लगानी गर्ने जापानको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
modi-kishida.jpg

काठमाडौं । जापानले आउँदा ५ वर्षमा भारतमा ४२ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । शनिबार नयाँ दिल्लीको हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री फुमिओ किशिदाले यो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

भेटका क्रममा जापानले खुलेरै युक्रेनमाथि रुसले चालेको आक्रमकताको बिषयमा बोले पनि मोदीले भने यस बिषयलाई भुराजनीतिक घटनाक्रम भनेका छन् ।

'भूराजनीतिक विकासले नयाँ चुनौती प्रस्तुत गरेको छ। यस सन्दर्भमा, भारत-जापान साझेदारीको गहनता दुई देशका लागि मात्र नभएर इन्डो-प्यासिफिक क्षेत्रका लागि पनि महत्त्वपूर्ण छ । यसले विश्वका लागि शान्ति, समृद्धि र स्थायित्वलाई प्रोत्साहित गर्नेछ,' मोदीले भनेका छन् ।

जापानले आउँदा पाँच वर्षमा भारतमा ४२ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने भएको छ । यसअघि सन् २०१४ मा पाँच वर्षसम्म ३३ अर्ब अमेरिकी डलर लगानीको सम्झौता जापानले गरेको थियो ।

जापानका प्रधानमन्त्रीका प्रवक्ता हिकारिको ओनोले छलफलको अधिकांश समय युक्रेनको बिषयमा बितेको बताएकी छन् । उनले दुवै नेताहरुबीच ११० मिनेट कुराकानी भएको बताएकी छन् ।

दोस्रो विश्वयुद्धको अन्त्यमा नराम्ररी ध्वस्त भएको हिरोसिमाका प्रधानमन्त्री किशिदाले रुसको आक्रमकताविरुद्ध बोल्दै आणविक धम्कीलाई सहन नसकिने बताएका छन् ।

किशिदाले रुसी आक्रमणलाई आक्रोश र अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भनेकाे प्रवक्ता ओनोले भनेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ