arrow

रुसमा युद्धकाे विरोध गर्नेमाथि संकट, जागिर घुम्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
russia-anti-war.jpg

काठमाडौं । रुसले युक्रेनमाथि क्रुर आक्रमण जारी राखेको छ । रुसी आक्रमणलाई लिएर विश्वभरबाट भ्लादिमिर पुटिनको चर्काे आलोचना भइरहेको छ । 

रुसभित्र नै पनि युक्रेनमाथि जारी युद्धको विरोध भइरहेको छ । तर, युक्रेनमा भइरहेको युद्धको विरोध गरिरहेका रुसी नागरिकहरुमाथि पुटिन सरकारले कडा कारबाहीका कदम चालिरहेको छ ।

२८ वर्षीय भूगोल शिक्षक कामरान मनाफ्लीले रुसको केन्द्रीय प्रोपोगाण्डाको हिस्सा बन्न नचाहने भन्दै इन्स्टाग्राममा पोस्ट गरेपछि उनले जागिर नै गुमाउनु पर्याे ।

'म राज्य प्रचारको प्रतिबिम्ब बन्न चाहन्न,' रुसमा प्रतिबन्धित हुनुअघि उनले सोशल मिडिया साइट इन्स्टाग्राममा लेखेका थिए 'मेरो आफ्नै विचार छ ! धेरै अरु शिक्षकहरूसँग पनि छ। र यो के हो थाहा छ ? यो राज्यको विचार जस्तो होइन।'

इस्टाग्रामममा उक्त पोस्ट गरेको दुई घन्टापछि उनलाई विद्यालयका प्रधानाध्यापकको फोन आएको थियो । त्यसपछि उनलाई तुरुन्तै उक्त पोस्ट डिलिट गर्न या जागिर छोड्न भनियो।

त्यसपछि उनले पोस्ट डिलिट गरेनन् तर, जागिरबाट राजनीनामा दिनु ठीक ठाने । अर्काे दिन उनी आफ्ना सामान उठाएर राजीनामा पत्रमा हस्ताक्षर गर्ने आशामा विद्यालय पुगेका थिए । तर, उनलाई स्कुल परिसरमा प्रवेश गर्न नै निषेध गरियो।

उनलाई प्रवेश गर्न नदिन भनिएको भन्दै रोकियो । त्यसपछि विद्यार्थीहरुलाई उनलाई गुड बाइ भन्न रोडमै आएको उनले बीबीसीलाई बताएका छन् ।

रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । त्यसयता रुसको यो कदमलाई लिएर विरोध गर्नेहरुलाई कडा कारबाही गरिरहेको छ । कतिपयलाई त १५ वर्षसम्म्को जेल सजाय तोकिएको छ ।

यस्तै एक रुसी राज्य(सम्बद्ध मोस्किनो सिनेमा चेनमा दुई सिनेमाघरको प्रबन्धक कात्या डोलिनिनाले समेत आफ्नो पदबाट राजीनामा दिनु पर्याे । 

उनले रुसले स्पेसल अपरेशन नाम दिएको आक्रमण तत्काल रोक्नुपर्ने भन्दै विरोध पत्रमा हस्ताक्षर गरेकी थिइने । त्यसपछि उनले राजीनामा दिइन् ।

इन्स्टाग्राममा २० लाख भन्दा बढी फलोअरहरू भएकी बालरोग विशेषज्ञ र इन्फ्लुएन्सर अन्ना लेभादनायाले रुसी आक्रमण रोक्नु पर्ने पोस्ट हालेकै कारण उनले आफ्नो जागिर गुमाइन् ।

मस्कोको प्रमुख राज्य संचालित चिकित्सा केन्द्रमा काम गर्ने उनलाई कार्यस्थल बाहिरै हुँदा निकालिएको थियो । यीत केही उदाहरण मात्रै हुन्, यीलगायत कयौं रुसी नागरिकहरुले युद्ध रोक्नु पर्ने भनेकै कारण उनीहरु काम छोड्न बाध्य बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ