arrow

मारिउपोल सहरमा आत्मसमर्पण गर्ने रुसी माग युक्रेनद्वारा अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ७ सोमबार
mariupol-ukraine.jpg

काठमाडौं । युक्रेनको प्रमुख बन्दरगाह सहर मारिउपोलमा युक्रेनी सेनालाई आत्मसमर्पण गर भन्ने रुसी प्रस्ताव युक्रेनले अस्वीकार गरेको छ । रुसी सेनाले मारिउपोलमा घुसेर भीषण बमबारी गरिरहेका छन् ।

यहाँसम्मकी अस्पताल, प्रसुतीगृहदेखि स्कुलजस्ता सार्वजनिक स्थानसमेत रुसी सेनाले बाँकी राखेको छैन् । खाद्यान्न, औषधि एवं पानीको समेत अभाव सिर्जना भएको मारिउपोलमा करिब ३ लाख मानिस फसेको अनुमान छ ।

ती मानिसहरुको उद्धार गर्ने तर, युक्रेनी सेनाले हतियार छोड्नुपर्ने र आत्मसमर्पण गर्नु पर्ने प्रस्ताव रुसले गरेको थियो । आफ्नो प्रमुख सहरमा रुसले यसरी कब्जा जमानउ खोजेपछि युक्रेनले यो माग अस्वीकार गरेको हो ।

रुसी प्रस्तावको जवाफमा युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेशचुकले युक्रेनले मारियुपोलको रक्षा गर्न नछोड्ने बताएकी छन् ।

यस्तै युक्रेको सुमी सहरमा अमोनिया चुहावट भइरहेको छ । सुमी शहर नजिकैको रासायनिक प्लान्टमा अमोनिया चुहावट भइरहेको भए पनि सहरलाई कुनै खतरा नभएको अधिकारीहरुले बताएका छन् ।

ग्यास साढे दुई किलोमिटरको क्षेत्रमा मात्रै उडिरहेको र हावाको वहाव पनि फरक दिशामा भएका कारण असर नभएको अधिकारीहरुले बताएका हुन् ।

युद्धबिरामका लागि रुस र युक्रेनी प्रतिनिधिहरुबीच सोमबार पनि अनलाइनबाट वार्ता जारी रहने भएको छ ।

न्यूजील्याण्डले युक्रेनलाई थप ५० लाख डलर बराबरको गैर घातक सैन्य सहायता गर्ने भएको छ । युक्रेनलाई सहयोग गर्न इन्धन, राशन, सञ्चार उपकरण र प्राथमिक उपचार किटहरू उपलब्ध गराउन नाटो ट्रस्ट कोषमा मुख्य रूपमा पैसा पठाइने प्रधानमन्त्री जेसिन्डा अर्डरनले बताएकी हुन् ।

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार नेटो, जी७ र युरोपेली सहयोगीहरुसँग वार्ताका लागि युरोपको भ्रमण गर्ने भएका छन् । सो क्रममा उनी पोल्याण्डमा समेत रहने भएका छन् ।

बुधवार वाशिंगटन छोड्ने बाइडेन पहिले ब्रसेल्स र त्यसपछि वार्सा जानेछन्, त्यहाँ उनले राष्ट्रपति एन्ड्रेज डुडासँग द्विपक्षीय भेट गर्नेछन् ।

यस्तै बाइडेनले शुक्रबार पोल्याण्डको राजधानीमा युक्रेनमा रूसको अनुचित र अप्रत्याशित युद्धले सिर्जना गरेको मानवीय र मानवअधिकार संकटको अन्तर्राष्ट्रिय प्रतिक्रियाबारे छलफल गर्ने छन् ।



नयाँ