arrow

विष्णु पौडेलसहितको टोली चीनमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ७ सोमबार
bishnu-poudel-group-china-2078-12-07.jpg

काठमाडौं । ‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन गएको छ । 

चार सदस्यीय प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल पनि छन् ।  

प्रतिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना हुने कार्यक्रममा भाग लिएर यही चैत १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव याम पाण्डेले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ